रामेछाप क्षेत्र नम्बर १ (२) वाग्मती प्रदेशसभा सदस्यमा माओवादीका युवराज चौलागाई निर्वाचित - Chaitanya News
  • 2026-04-27
  • 07:32:41
  • सोमबार,बैशाख १४, २०८३
  • रामेछाप क्षेत्र नम्बर १ (२) वाग्मती प्रदेशसभा सदस्यमा माओवादीका युवराज चौलागाई निर्वाचित

    रामेछाप क्षेत्र नम्बर १ (२) वाग्मती प्रदेशसभा सदस्यमा माओवादीका युवराज चौलागाई निर्वाचित

    रामेछाप — रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट वाग्मती प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईं निर्वाचित भएका छन्। चौलागाईंले एमालेका मिलनकुमार घिसिङलाई ४ हजार ७ सय ७४ को मतान्तरले पराजित गरेका हुन्।

    मुख्य निर्वाचन कार्यालय, रामेछापका अनुसार आइतबार बिहान सम्पन्न मतगणनामा चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी घिसिङले १८ हजार २ सय ५ मत पाएका थिए। चौलागाईं सत्ता गठबन्धनका तर्फबाट वाग्मती प्रदेशसभामा उम्मेदवार हुन्।

    माओवादी केन्द्रका पोलिटब्युरो सदस्य चौलागाईं विदेश विभाग प्रमुखसमेत हुन्। पश्चिमी रामेछापको गुन्सी निवासी चौलागाईं माओवादी सशस्त्र आन्दोलनदेखि पार्टीमा क्रियाशील छन्। यसअघि उनी कुनै पनि तहको जनप्रतिनिधिका लागि उम्मेदवार भएका थिएनन्। पहिलो प्रयासमा प्रदेशसभा सदस्य भएका चौलागाईंले नागरिकका समस्या समाधानका लागि योजनाबद्ध तवरले काम गर्ने र रामेछापका जनतालाई सहज सेवा(सुविधा प्रवाह गर्ने योजना रहेको बताएका छन्।

    चौलागाईंको जितेसँगै रामेछापको मतगणना पनि सकिएको छ। यसअघी प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम)र वाग्मती प्रदेशसभा १ (१) मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी भएका थिए।