सुन र चाँदीको मूल्य घट्यो - Chaitanya News
  • 2026-07-29
  • 00:58:18
  • मंगलबार,साउन १२, २०८३
  • काठमाडौँ– आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो।

    जसअनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ६० हजचार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो।

    यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार ६०५ रुपैयाँ कायम भएको छ।

    महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने तोलामा १ हहजार ९८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने चाँदी १ हजार ९८५ रुपैयाँ कायम भएको थियो ।