महोत्तरी–१ मा एमालेका महतो बने सांसद, गिरिराजमणि पोखरेल पराजित    - Chaitanya News
  • 2026-04-22
  • 23:37:21
  • बुधबार,बैशाख ०९, २०८३
  • महोत्तरी–१ मा एमालेका महतो बने सांसद, गिरिराजमणि पोखरेल पराजित   

    महोत्तरी–१ मा एमालेका महतो बने सांसद, गिरिराजमणि पोखरेल पराजित   

    कठमाडौं – महोत्तरी–१ मा नेकपा एमालेका लझ्मी महतो कोइली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै संघीय सांसदमा विजयी भएका हुन् ।

    महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् ।

    त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त भएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।

    यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।