हिन्दु नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो दशै । मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक पनि घर आगनमै आइसकेको छ । मानिसहरु दसैंको किनमेलमा झुमि सकेका छन । बजार र पसलमा पुग्दा दसैंको रौनक देख्न सकिन्छ । जतिजति दशैं नजिकिएमो छ, त्यतित्यति नै महँगी बढीरहेको छ । सरकारले बजार अनुगमन प्रभावकारी बनाउन सकिरहेको छैन् । व्यवसायीले पनि दशैंतिहारलाई मुनाफा कमाउने अवसरका रुपमा लिइरहेका छन् । सरकारले उपभोक्ताको सहजताका लागि सुपथ मूल्य सञ्चालन गरेको भए पनि त्यहाँ प्रयाप्त सामान छैनन् ।
सरकारका सुपथ मूल्य बस देखावटी जस्तामात्रै छन् । महँगीले आकास छोइसकेको छ । सुपथ मूल्य पसलमा चिनी, चिउरा, दाल, तेललगायतका वस्तुभाउमा छुट दिएको देखिन्छ । तर त्यहाँ उपभक्तालाई सहज हुने छुट छैन् । सुपथ मूल्य पसललाई सुपथ बनाइए को छैन । हवाई भाडा त झन छोइ नसक्नु छ । वर्षेनी दशैंको मौका छोपेर अचाक्ली हवाइ भाडा बढाइन्छ । सरकारले हवाइ सेवा प्रदायक कम्पनीको मनपरी नियन्त्रण गर्न सकिरहेको छैन । चाडबाडमा हुने महँगी र ठगी नियन्त्रणमा सरकारले यथोचित ध्यान दिन जरुरी छ । सरकारले महँगी नियन्त्रत्रणमा महँगी नियन्त्रण गर्दै गरिव जनतालाई राहत दिन सक्यो भनेमात्रै सबै जनताको घरघरमा दशैंको उल्लास आउने छ । त्यसतर्फ सरकारले ध्यान दिन आवश्यक छ ।
अझ यो पालि तअसोज ११ र १२ गतेको बाढी पहिरोबाट नेपालमा धेरै क्षेती भएको छ । कसैको घरमा चुलो बल्न सकेको छैन् । कसैको बस्ने बास छैन्। बसैको लगाउने कपडा छैन्। बाढी र पहिरोले केही स्थानमा सडक अवरुद्ध भएर घर जाने मान्छेले घर जान सकिरहेका छैनन् । तर यस तर्फ सरकारको ध्यान आकर्षण भएको छैन ।
महँगी बढ्नुको अर्को कारण राजनीति अस्थिरता पनि हो । सरकारले चाडपर्वमा जनतालाई सहुलियतको व्यवस्था गर्नुपर्ने हो । त्यो गर्न सकिएको छैन । बजार अनुगमन प्रभावकारी हुन सकेको छैन । महँगी बढ्नुको कारण जनताले थाहा पाउनुपर्छ । तर जनतालाई गुमगाम राखेर हरेक वस्तुमा मूल्यवृद्धि मात्र होइन सामानको कृतिम अभाव सिर्जना गरिएको छ । अहिलेको बजार एकातिर मूल्यमा एकरुपता नहँदा उपभोक्ता ठगिनुपरेको छ भने अर्कोतिर गुणस्तरहीन सामान खरिद गर्न पनि बाध्य हुनुपर्ने अबस्था छ । कुनै पनि सामानको गुणस्तरीयता कति हुनुपर्ने हो ? हाल कति छ ? भन्नेमा गुणस्तर मापन केन्द्रको तदारुकता देखिँदैन । यसै कारण अखाद्यवस्तु पनि हामीले खाद्यान्नका रपमा उपभोक गरेकै छौं । विषादीयुक्त फलफुल, तरकारी तथा अरु वस्तुहरु दैनिक रुपमा उपभोगमा ल्याएकै छौं । यसले गर्दा मानव स्वास्थ्यमा दैनानुदिन प्रतिकुल प्रभाव परेको छ । अनपेक्षित बिरामीहरु बढ्दै छन् ।
दशैं नजिकिएसँगै विदेशमा श्रम बेचिरहेका नेपालीहरु पनि घर फर्किरहेका छन् । लामो समयपछि परिवारसँग भेट हुने खुसी उनिहरुको अनुहारमा छ । दशैंले मुलुकको अर्थतन्त्र थोरै भएपनि चलाएमान भएको छ । विदेशमै रहेकाले पनि परिवारको खुसीका लागि भन्दै दशैं खर्च पठाइरहेका छन । यसले मुलुकमा रेमिट्यान्स भित्रिने क्रम बढ्दो छ । यसले पनि मुलुकको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा टेवा पुगाउने छ ।
मुख्यतया नेपालीहरुको वर्षभरि हुने खर्चको अधिकांस हिस्सा दशैले लिने गरेको हुन्छ । अन्य समयमा नेपालीहरुले खासै खर्च गर्ने गर्दैनन् । तर दशैंमा लत्तकपडादेखि कुनै राम्रा घरायसी सामानसमेत खरिद गर्छन् । अनेक मेला महोत्सव पनि यसै समायमा हुने गरेका छन् । दशैं र तिहारका नेपालीहरु ऋणकर्जा गररै भएपनि आफ्नो इच्छा र आवश्यकताका सामान खरिद गर्छन् । फलस्वरुप दशैं महँगो हुने गरेको छ । अझ हिजो आज त दशैं अत्यन्त देखासिखी हुँदै गएको छ ।
आयो दशैं ढोल पिटाई, गयो दशैं ऋण बोकाई भन्ने पुरानो नेपाली उखान कसैको पनि जिवनमा चरितार्थ नहोस् । खरिद गर्न सक्ने र धान्न सक्नेले त राम्रैसँग मनाउलान् । तर न्यून आयस्तर भएका जनताले भने आफ्नो दक्ष अनुसारको दशैं मनाउनु पर्छ।
यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्तकपडा पसलको व्यापार निकै कम छ । एक त सबै सामान महँगो भएको छ, अर्कोतर्फ मान्छेहरुसँग पैसा छैन । अघिल्लो वर्षको तुलनामा आधा व्यापार घटेको छ । अघिल्ला वर्षहरुमा दुई कार्टुन खानेतेल किन्ने मान्छेले अहिले एक कार्टुन मात्रै किन्छन् । १० किलो चिउरा किन्नेले पाँच किलो मात्रै किन्छन् । यो सबै सामान महँगिएको र पैसा नभएकै कारण हो ।
बजारमा अधिकांश अपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दशैं आर्थिक सङ्कटले झेलिएको छ । बजारमा दैनिक उपभोग्य वस्तु महँगिदै जाँदा उपभोक्ता मूल्यवृद्धिको चपेटामा परेका छन् ।
चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेल, लत्तकपडा, खसीबोकाको मासु तथा च्याङ्ग्रराको मूल्य बढेकाले दशैं महङ्गिएको छ । अधिकांश वस्तु आयत गर्ने भएकाले अन्तराष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको हो ।
सजिलै सामान आयात गर्न नसक्दा व्यापारीले पनि लगानी पुरयाउन सकिरहेको छैनन् । उपभोकताले पनि त्यो सामान किन्न सक्ने अवसथा छैन । यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ ।
बच्चाले नयाँ कपडा भनेर सताएको सताएइ छ, बच्चालाई नयाँ कपडा किनिदिनै पर्यो, पहिलाको दशैंमा जस्तो यसपालि खर्च गर्न सक्ने अबस्था र उत्साह छैन, धनीलाई हो दशैं आउने हामीलाई त दसाँ आएको छ, भएको एउटा झुप्रो र खानेकुरा कपडाहरु सबै अस्तीको बाढीले बगायो, बानेश्वरमा रुदै बच्चालाई समाउँदै गरेकी एक महिलाले भनिन् ।
हेरक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार निरीक्षण अधिकृतको जिम्मेवारी दिइएको हुन्छ । तर पनि बजारमा मनोपोली कायमे छ । अब यो मनोपोलि रोक्न सरकार अग्रसर भएर जनताको स्वास्थ्यप्रति संवेदनशील हुन जरुरी छ ।