त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेपाल र क्यानडा भिड्दै - Chaitanya News
  • 2026-06-07
  • 02:35:41
  • शनिबार,जेठ २३, २०८३
  • त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेपाल र क्यानडा भिड्दै

    त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेपाल र क्यानडा भिड्दै

    काठमाडौँ– त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दैछ।

    खेल क्यानडाको किंग सिटीमा आज राति पौने १० बजे सुरु हुनेछ। क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल १४ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले ओमानविरुद्ध ३७ रनको जित निकालेको थियो।

    हिजो भएको खेलमा घरेलु टोली क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो। त्रिकोणात्मक सिरिजमा नेपालले भोलि ओमानसँग प्रतिस्पर्धा गर्नेछ।