Chaitanyakhabar
काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले १७ जना कर्मचारीकोको सरुवा गरेको छ। कार्यालयले आज (आइतबार) उनीहरूको सरुवा गरेको हो।
सरुवा सूची अनुसार, तथ्याङ्क समन्वय अधिकृत, तथ्याङ्क अधिकृत, सुपरिवेक्षक, खरिदार र गणकसहित १७ जना कर्मचारीको सरुवा गरिएको हो।
आत्मज्ञानको प्रकाशमा व्यवहार परिवर्तन
१० महिनामै १९ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
सुधन गुरुङ र महावीर पुनले लिए शपथ
मन्त्री हेरफेरको निर्णयमै अल्झियो एमाले, सुदूरपश्चिममा खुल्यो गुटगत संघर्ष
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव जीवनको आधार आन्तरिक चेतना हो। आत्मज्ञान त्यही आन्तरिक चेतनाको उद्घाटन हो, जसले मानिसलाई आफ्नै अस्तित्व, विचार, भावना र कर्मको वास्तविक स्वरूप बुझ्न सहयोग गर्छ। जब आत्मज्ञान जागृत हुन्छ, तब व्यवहार परिवर्तन आन्तरिक रूपान्तरणको प्राकृतिक परिणाम बन्न पुग्छ। आत्मज्ञानले मानिसलाई आफ्नो स्वार्थकेन्द्रित दृष्टिकोणबाट बाहिर निकालेर व्यापक जीवनदृष्टि प्रदान गर्छ। सामान्य…
काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण) उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर १३.३ प्रतिशत रहेको थियो। यसपटकको…
काठमाडौं– प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन्। गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा…
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरेको बजेट आकर्षक देखिए पनि यसको संरचना र आकार सन्तुलित नभएकाले अपेक्षित परिणाम दिन नसक्ने पूर्व अर्थमन्त्रीहरूले टिप्पणी गरेका छन्। नेपाल उद्योग व्यापार महासंघले काठमाडौँमा आयोजना गरेको बजेट समीक्षासम्बन्धी कार्यक्रममा सहभागी पूर्व अर्थमन्त्रीहरूले वर्तमान बजेटबारे आ(आफ्नो धारणा राख्दै यसको कार्यान्वयन पक्ष कमजोर हुने संकेत गरेका हुन्।…
काठमाडौं– आज (मंगलबार) पनि सेयर बजार घटेको छ। आज नेप्से परिसूचक १.५४ अंक घटेको हो। सो कमीपछि नेप्से २७३३ अंकमा झरेको छ। दिउँसो १ः २२ बजे नेप्से आजको न्यूनतम अंक २७०२ अंकसम्म झरेकोमा त्यसपछि सम्हालिएको हो। अघिल्ला तीन कारोबार दिन बजार लगातार घटिसकेको छ। बिहीबार १३, शुक्रबार ११ तथा सोमबार २० अंकले नेप्से घटेको थियो।…
काठमाडौँ– देशभरका सरकारी गोदाममा हाल करिब १ लाख ४० हजार ८ सय टनभन्दा बढी अनुदानित रासायनिक मल मौज्दात रहेको पाइएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले २०८२ साउन १ देखि २०८३ जेठ १८ सम्मको विवरणका आधारमा सार्वजनिक गरेको तथ्यांक अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सञ्चालित गोदामहरूमा उक्त परिमाणमा मल सञ्चित रहेको…