मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभ समाचार सुन्न पाइनेछ। मित्रबाट विशेष सहयोग मिल्ने छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज काम देखाएर अरूको मन लोभ्याउन सकिने छ। महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्ने छ। आकस्मिक धन लाभ पनि हुनेछ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ। स्वादिष्ट भोजन पनि पाइनेछ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ। पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्ने छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कार्यको थालनी हुनेछ। ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन्। धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्ने छन्।
वृष – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ। धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ र शुभकार्यको चर्चा पनि चल्ने छ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज चिन्ता बढ्ने, यात्रामा बिघ्नबाधा आउला। गरेको काममा ढिलासुस्ती हुनेछ। पारिवारिक समस्या आइपर्ला, तर शेयर बजारले साथ दिनेछ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ कार्यको योजना बन्ने छ। कुनै कुराले मन प्रसन्न रहनेछ। लामो समदेखि रोकिएका अधुरा कार्यहरू पुनः प्रारम्भ हुनेछन्।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आर्थिक कारोबार पनि भद्रगोल हुनसक्ने छ। विचार गरेर निर्णय लिनु उचित होला, तर प्रेमीको साथ मध्यान्हबाट दिन सुखद् रहने छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ। जोशजाँगर र हिम्मत बढ्ने छ। रमणीय र सुखद् यात्राको योजना बन्ला।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला। काममा बिघ्नबाधा ज्यादा आइलाग्न सक्छ, तर साँझमा प्रेमीको साथले मन खुसी हुनेछ।