एएफसी यु–२० एसियन कप छनोटमा आज नेपाल र उज्वेकिस्तान भिड्दै - Chaitanya News
  • 2026-06-07
  • 02:36:50
  • शनिबार,जेठ २३, २०८३
  • एएफसी यु–२० एसियन कप छनोटमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

    एएफसी यु–२० एसियन कप छनोटमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

    काठमाडौँ– एएफसी यु–२० एसियन कप छनोटअन्तर्गत समूह बी मा रहेको नेपालले आज आफ्नो तेस्रो खेल उज्वेकिस्तानसँग खेल्दैछ।

    नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। खेल न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ।

    समूह बी मा नेपाल र उज्वेकिस्तान दुवैको समान ३ अंक छ । तर गोलअन्तरमा उज्वेकिस्तान अघि रहँदै शीर्ष स्थानमा छ। नेपालले भने दुई खेल खेल्दा एक मा जित र एकमा हारको नतिजा निकालेको थियो। नेपाल उज्वेकिस्तान र बहराइनभन्दा पछि तेस्रो स्थानमा छ।

    पहिलो खेलमै कम्बोडियासँग ४(१ ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइलाई ३–१ ले पराजित गर्दै पहिलो अंक जोडेको थिय ।

    एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर यु(२० एसिया कपको छनोट प्रतियोगिता खेलाइएको छ। हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यु–२० एसियन कपका लागि सिधै छनोट हुनेछन्।