आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज ओमानसँग अन्तिम खेल खेल्दै नेपाल - Chaitanya News
  • 2026-10-04
  • 13:52:44
  • आइतबार,आश्विन १८, २०८३
  • आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

    आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

    काठमाडौँ– क्यानडा भ्रमणमा रहेको नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अन्तिम खेल खेल्दैछ।

    क्यानडामा भएको लिग(२को अन्तिम खेल नेपालले ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरु हुनेछ।

    नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ। घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल पराजित भएको छ।

    नेपाली टिम रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)