साफ यु–१७ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै - Chaitanya News
  • 2026-07-28
  • 22:13:18
  • मंगलबार,साउन १२, २०८३
  • साफ यु–१७ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै

    साफ यु–१७ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै

    काठमाडौँ– भुटानमा भइरहेको साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ।

    थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

    समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १(० ले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल बुधबार भुटानसँग खेल्नेछ।