लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनाली चैतन्यद्धारा  सम्मानित - Chaitanya News
  • 2026-11-18
  • 00:57:56
  • मंगलबार,मंसिर ०२, २०८३
  • लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनाली चैतन्यद्धारा  सम्मानित

    लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनाली चैतन्यद्धारा  सम्मानित

    धुलिखेल– लोकसेवा आयोगका पूर्वा अध्यक्ष उमेश प्रसाद मैनाली चैतन्य असल शासन पैरवी सम्मान २०८१ द्धारा सम्मानित भएका छन् । चैतन्य एकेडेमी, नेपालद्धारा वार्षिकरुपमा प्रदान गरिंदै आएको उक्त सम्मान यस बर्षका लागि पूर्व अध्यक्ष मैनालीलाई प्रदान गर्ने निर्णय छनौट समितिले गरेको थियो ।

    चैतन्य एकेडेमीको आयोजनामा काभ्रेपलान्चोक जिल्लाको धुलिखेल लज रिसोर्टमा आश्विन ४ र ५ गते आयोजित राष्ट्रिय नीति संवादको बाह्रौं श्रृखलाको समुद्घाटन समारोहका बीच मैनालीलाई उक्त सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व मैनालीलाई रु १ लाख नगद सहितको सम्मानपत्रको हस्तान्तरण नेपाल सरकारका माननीय उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले गरेका थिए ।

    सार्वजनिक प्रशासन, सुशासन र नीति निर्माणका क्षेत्रमा लामो अवधीसम्म क्रियाशील रही लोक सेवा आयोगको अध्यक्षका रुपमा समेत उत्कृष्ट कार्यसम्पादन गरिसकेका मैनालीलाई यसबर्षको उक्त सम्मान अर्पण गरिएको आयोजक चैतन्य एकेडेमी नेपालका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले बताए । सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्व पूर्व अध्यक्ष मैनालीले सम्मानका लागि आयोजक संस्था र निर्णायक मण्डलप्रति आभार व्यक्त गर्दै यो सम्मानले आफूलाई सार्वजनिक जीवनका क्षेत्रमा थप क्रियाशील रहन उत्प्रेरित गरेको बताउनुभयो ।

    गत बर्षदेखी आरम्भ गरिएको चैतन्य असल शासन पैरवी सम्मानबाट यसअघि नेपाल सरकारका पूर्व मुख्य सचिव डा. विमल कोईराला सम्मानित भईसकेका छन् ।