नागरिकसँगको गुणस्तरीय सम्बन्ध नै सुशासन हो : उमेश मैनाली - Chaitanya News
  • 2026-11-18
  • 00:58:01
  • मंगलबार,मंसिर ०२, २०८३
  • नागरिकसँगको गुणस्तरीय सम्बन्ध नै सुशासन हो : उमेश मैनाली

    नागरिकसँगको गुणस्तरीय सम्बन्ध नै सुशासन हो : उमेश मैनाली

    काठमाडौं– लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले सरकारले नागरिकसँग गुणस्तरीय सम्बन्ध कायम गर्नु नै सुशासनको अवधारणा भएको बताएका छन्।

    चैतन्य एकेडेमीले धुलिखेलको लज रिसोर्टमा आयोजना गरेको हरित अर्थतन्त्र र तीन तहका सरकारबीचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवादमा बोल्दै उनले यस्तो बताएका हुन्।

    सन् १९९० भन्दाअघि त हामीले सरकार र सुशासनलाई एउटै अर्थमा बुझ्ने गथ्यौं। त्यो बेलाका लेभ्रल इकोनोमिस्टले खुला अर्थतन्त्रको वकालत गर्थे, ती बजारका अदृश्य हातले पनि चमत्कार गर्न सकेनन्। राज्यको थ्रेटपावरले पनि चमस्कार गर्न नसकेपछि राज्य, निजी क्षेत्र र सिभिल सोसाइटी गरी तिनै वटाको पावर एकै ठाउँ आएर साझेदारी गर्दा राम्रो उपलब्धि हासिल हुन्छ भन्ने थियो, उनले भने, अब सुशासनमा किन सफलता हासिल गर्न सकेनौं भन्ने प्रश्न उठ्छ। सुशासनका इन्डिकेटर सकारात्मक छैनन्। सुशासनसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संस्थाका वर्ल्ड गर्भरमेन्ट इन्डिकेटर भनौंऽ अथवा ट्रान्सफरेन्सी इन्टरनेसनलका इन्डिकेटर भनौं, अथवा रुलअफ लका इन्डिकेटर भनौं, विभिन्न खालका प्रशासन छन्।

    यस्तै उनले नेपालको सन्दर्भमा हामीले राजनीतिलाई एक हदसम्मको समावेशी बनाएको बताए।

    उनले नेपालको अर्थतन्त्र इन्क्लुसिभ हुन सकेकाले केही व्यापारी घरानाहरुले अर्थतन्त्र कब्जा गरेको धारणा राखे।