सुशासनको प्रभाव हरेक नेपालीको घरदैलोसम्म पुग्नुपर्छ : डा. बिमल कोइराला - Chaitanya News
  • 2026-11-18
  • 00:57:51
  • मंगलबार,मंसिर ०२, २०८३
  • सुशासनको प्रभाव हरेक नेपालीको घरदैलोसम्म पुग्नुपर्छ : डा. बिमल कोइराला

    सुशासनको प्रभाव हरेक नेपालीको घरदैलोसम्म पुग्नुपर्छ : डा. बिमल कोइराला

    धुलीखेल– नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइरालाले शासक र कर्मचारीले नै मुलुकको अनुहार फेर्नसक्ने धारणा राखेका छन्।

    काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीले आयोजना गरेको हरित अर्थतन्त्र र तीन तहका सरकारबीचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवादमा बोल्दै डा. कोइरालाले सुशासन र समृद्धिका लागि कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताए।

    उनले मुलुकको अर्थतत्रमा जनताको पनि ठूलो भूमिका रहने बताएका छन्। ‘समस्याको पहिचान गर्ने मात्र होइन, समाधानमा पनि ध्यान दिनुपर्छ। हामीले समस्याको समाधान गरेर मात्रै समृद्धि कायम गर्न सक्छौं,’ उनले भने। सुशासनका लागि सासकले जनतासँग साझेदारी गर्दै अघि बढ्नुपर्ने उनले बताए।

    नेपालमा राजनीतिक फेरिए पनि जनपेक्षाअनुसार विकास र समृद्धिको काम हुन नसकेको बताएका छन्। हामीले राजनीतिक नेतृत्व पायौं तर परिवर्तनको नेतृत्व पाएनौं, त्यसैले गर्दा समृद्धिमा समस्या भैरहेको छ,’ उनले भने। उनले हरेक नेपालीको घरदैलोसम्म सुशासनको अनुभूति पुग्नुपर्ने बताए।

    असल साशन भनेको विद्यार्थीले विद्यालय गएकै दिन पाठ्यपुस्तक पाउनु, नागरिकले आफ्नो कुरा ढुक्कसँग राख्न पाउनु, किसानले समयमै मल बिउ पाउनु भएको उनी बताउँछन्।

    कोइरालाले सासन नभइ सेवा गर्ने प्रवृत्तिको विकाश हुनुपर्ने तर्क गरे। उनले सासन होइन सेवाभावले देशको मुहार फेर्न सकिने बताए।

    फरक प्रसंगमा कोइरालाले नेताहरूले मुलुकलाई कानुन सम्मत विकासको बाटोमा लगे र कर्मचारीले सरकारका नीति निर्देशनलाई अगाडी बढाए समृद्धि धेरै टाढा नरेको बताए।