धुलीखेल– चैतन्य एकेडेमीको आयोजनामा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागितामा हरित अर्थतन्त्र र तीन तहका सरकार बीचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवाद सुभारम्भ भएको छ। संवाद लिखेलको लज सोर्टमा सुभारम्भ भएको हो ।
प्रमुख अतिथि माननीय अर्थमन्त्री श्री विष्णु पौडेलले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका छन्।

माननीय अर्थमन्त्री श्री विष्णु पौडेलको प्रमुख आतिथ्यमा आयोजना भएको यस कार्यक्रममा नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, डा. हिरामणी घिमिरे, नेपाल सरकारका पूर्व मुख्य सचिव डा. विमल कोईराला र पूर्व मन्त्रीहरु, सांसद, नेताहरु, प्रतिष्ठित उधमिहरु लगायत विज्ञ व्यक्तित्वहरुको सहभागीता रहेको छ

दुई दिनसम्म चल्ने यो सेमिनारमा देशभरका जनप्रतिनिधिदेखि नेपाल सरकारका पूर्वप्रशासक, प्रशासक, नीजि क्षेत्रका व्यक्तित्व गरी करिव २ सय जनाको उपस्थिति रहेको छ।
कार्यक्रम संयोजक तथा चैतन्य ग्रुपका सीइयो गणेश प्रसाद जोशीले अतिथिहरूलाई स्वागत गर्दै आफूहरूले विगत ११ वर्षदेखि देशको समृद्धि र विकाशका क्षेत्रमा बहस गर्दै आएको बताए।
जोशीले देशको समृद्धि कुनै साहित्य नभएकाले यसमा हरेक व्यक्तिले अभ्यास गर्नुपर्ने धारणा राखे। ‘देशको समृद्धि कुनै साहित्य वा कथन होइन, यसका लागि हामी सबै नेपालीले आआफ्नो स्थानबाट योगदान पुर्याउनु पर्ने छ, सबै नागरिकले आआफ्नो स्थानबाट योगदान पुर्याए मात्र मुलुक समृद्ध हुनसक्छ,’ उनले भने।

जोशीले हामी आफ्ना स्थानबाट सबैले विकाश, समृद्धि र सुशासनको संवाहक बन्न सकेको खण्डमा मात्रै देशलाई समृद्ध र सुशासनको बाटोमा लैजान सकिने बताएका थिए।










