चैतन्य एकेडेमीको आयोजनामा हरित अर्थतन्त्र र तीन तहका सरकार विचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवाद हुँदै - Chaitanya News
  • 2026-11-18
  • 01:05:21
  • मंगलबार,मंसिर ०२, २०८३
  • चैतन्य एकेडेमीको आयोजनामा हरित अर्थतन्त्र र तीन तहका सरकार विचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवाद हुँदै

    चैतन्य एकेडेमीको आयोजनामा हरित अर्थतन्त्र र तीन तहका सरकार विचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवाद हुँदै

    काठमाडौं– चैतन्य एकेडेमीको आयोजनामा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागितामा हरित अर्थतन्त्र र तीन तहका सरकार बीचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवाद हुने भएको छ। संवाद असोज ४र ५ गते हुने भएको छ ।

    माननीय अर्थमन्त्री श्री विष्णु पौडेलको प्रमुख आतिथ्यमा आयोजना हुने यस कार्यक्रममा नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, डा. हिरामणी घिमिरे, नेपाल सरकारका पूर्व मुख्य सचिव डा. विमल कोईराला र पूर्व मन्त्रीहरु, सांसद, नेताहरु, प्रतिष्ठित उधमिहरु लगायत विज्ञ व्यक्तित्वहरुको सहभागीता रहने छ ।

    हरिक अर्थतन्त्र, तीन तहका सरकारबीच समन्वय भन्ने मूल नाराका साथ चैतन्य एकेडेमीद्वारा असोज ४ र ५ गते काभ्रेपलाञ्चोकको धुलिखेलस्थित लज रिसोर्टमा सम्मेलन सञ्चालन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले जानकारी दिए । सेमिनारमा नेपाल सरकारका उच्चपदस्थ कार्मचारीदेखि निजी क्षेत्रसम्मका सरोकारवालाहरुको सहभागिता रहने जोशीको भनाइ छ ।

    समृद्ध नेपालको लागि सुशासन र दिगो विकास प्राथमिक विषय भएकाले विगत १२ वर्षदेखि यसै विषयमा बौद्धिक बहस चलाउँदै आएको चैतन्यले यसै विषयमा आवासीय सेमिनार गर्न लागेको जोशीले जानकारी दिए।

    हामीले सन् २०१४ बाट राष्ट्रिय सेमिनारका रुपमा यस कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं । यस कार्यक्रमको मूल भाव भनेको देशमा सुशासन र समृद्धि कसरी कायम गर्न सकिन्छ ? आम नेपालीहरुको समृद्धिको चाहना परिपूर्ति गर्न त्यसलाई वास्तविकतामा उतार्ने वा यसलाई यथार्थपरक तुल्याउने आधारहरु के हुन् ? समृद्धिका आधारहरु के हुन् ? भन्ने नै हो, जोशीले भने । यसै विषयमा कार्यक्रम लक्षित हुने उनको भनाई छ ।

    कार्यक्रममा देशमा उपलब्ध थिडक ट्यांकहरु जसले अर्थशास्त्रको परिप्रेक्षबाट देशको समृद्धिलाई बुझ्नुभएको छ , जसले शिक्षाको क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ, स्वास्थ्यको क्षेत्रबाट, देशको समृद्धिलाई बुझ्नुभएको छ, जसले राजनीतिक क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ । अर्थात मानव जीवनका अत्यन्त महत्वपूर्ण अन्तरसम्बन्धित विषयवस्तु जो समग्र समृद्धिका निम्ति अहम् रहेका छन ती विषयहरुमा चिन्तन गरिने एउटा बौद्धिक चिन्तकका रुपमा यो कार्य क्रम सञ्चालन हुँदै आएको छ र अहिले हुन लागेको कार्यक्रम पनि त्यसैकै निरन्तरता हो, उनले भने ।

    कार्यक्रममा राष्ट्रिय र अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकले आ–आफ्नो विषय विज्ञताको क्षेत्रका दृष्टिकोण व्यक्त गर्ने छन् । त्यसका अलवा संघीयता र समृद्धिको आधार स्थानीय सरकार भएकाले यसमा स्थानीय तहका जनप्रतिनिधिहरु, प्रशासकहको पनि सहभागिता रहने जोशीले बताए ।

    शिक्षा, स्वास्थ्य, निजी क्षेत्रका विद्यालय, शिक्षालय र विश्वविद्यालयमा संलग्न शिक्षाकर्मीहरुले पनि यस अघिका सेमिनारमा सहभागिता जनाएको उनले स्मरण गरेका छन् । उद्यमशीलता र औद्योगिक विकाशसँग जोडिएका व्यवसायीहरु, बैंक इन्सुरेन्स र वित्तीय क्षेत्रसँग जोडिएका व्यक्तित्वहरु, स्वतन्त्र अद्यताहरु, अनुसन्धानकर्ताहरुदेखि विद्यार्थीहरु पनि यस कार्यक्रममा सहभागी हुने गरेको जोशीले बताए ।

    जोशीले नागरिक र निजी संस्था समृद्धिको संवाहक बन्नसक्छ भन्ने आत्मबोध गराउने र निजी संस्था समृद्धिको संवाहक बन्नसक्छ भन्ने आत्मबोध गराउने सम्मेलनको उद्देश्य भएको बताए । विगतका सम्मेलनहरुबाट प्रतिक्रियाले नै यो कार्यक्रम १२औं श्रृङ्खलासम्म पुग्न सफल भएको उनले बताए ।

    सम्मेलनले नेपाली समाजमा व्याप्त निराशाबीच आशा जागरुक गर्ने विश्वास लिएका छौं । अर्कोतर्फ शासन व्यवस्थामा सुधार गरेर लोकतन्त्रको लाभांश जनतासम्म कसरी पुर्‍याउने भन्ने सोचका साथ यो सम्मेलन आयोजना हुन लागेको हो जोशीले भने ।

    काभ्रेको धुलिखेलस्थित लज रिसोर्टमा सञ्चालन हुने उक्त सम्मेलनमा अर्थव्यवस्था, राजनीतिज्ञ, शिक्षा र स्वास्थ्य, सांस्कृतिक र शासकीयलगायत सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता हुनेछ । सम्मेलनले नेपालको चौतर्फी रुपान्तरणसँग सम्बन्धित आयाम पहिचान गर्ने जोशीको भनाइ छ ।