मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन्। शेयर बजारको क्षेत्रमा रूचि बढ्ने छ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
आज ठीक समयमा सही निर्णय लिन सकिने छ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्ने छ। लाभदायक यात्रा हुनेछ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्ने छ। व्यापारबाट धनलाभ पनि राम्रै हुनेछ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
महत्वपूर्ण कामको थालनी हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्ने छ। लक्ष्मी प्रसन्न हुने योग पनि छ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। चलाखीपूर्ण सङ्कल्प सिद्ध हुनेछ। भाग्यले विभिन्न अवसर पनि जुराउनेछ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज यात्रामा मालसामान हराउन सक्छ। ससाना समस्यामा अल्झनु पर्नेछ। क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ। शुभारम्भको चर्चा चल्नेछ। आँटेको काम पुरा नै होला।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। बन्न लागेको काम बिग्रिनेछ, तर वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्यले विभिन्न अवसर जुराउनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ। पारिवारिक साथ पनि मिल्ने देखिन्छ। स्वास्थ्यमा लाभ मिल्ने छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आज मनमा दुबिधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आर्थिक कारोबारमा मन्दी आउनेछ, आफन्तबाट सहयोग चाँहि मिल्ला।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ। लाभदायक यात्रा होला। आर्थिक कारोबारमा सफलता पाइएला।