स्थानीय सरकारको पाँच वर्षीय कार्यकल लगभग अन्तिम अन्तिम चरणमा छ । यो अवधीमा कतैे जनप्रतिनिधिहरुले साँच्चिकै उल्लेखनीय काम गरेका छन भने कतै स्थानीय तहको स्रोत साधनमाथि जनप्रतिनिधिहरुले रजाइँ गरका समाचारहरु पनि सार्वजनिक भइरहेका छन् । स्थानीय तह जनताको सबै भन्दा नजिकको सरकार हो । नजिकको सरकार भएकै कारण स्थानीय सरकारसँग जनताका थुप्रै अपेक्षा हुन्छन् । कुनै पालिकामा नेपाल संघीय संरचनामा गएपछि सरकारका संरचनामा पनि फेरबदल भए । तीन तहको सरकार बन्यो । तीनै तहका आफ्नै नियम कानुन छन् । कर्मचारीको अभाव पनि उस्तै देखिन्छ । अन्य समस्या पनि व्याप्त छन् । यस्तै विषमा केन्द्रित रहेर चैतन्य खबरले जनप्रतिनिधिहरुसँग बहस गरिरहेको छ । सोही अनुरुप आज चैतन्य खबरका लागि अर्धखाचीको पाणिनी गाउँपालिका पालिका प्रमुख टेकराज न्यौपानेसँग निर्मला कडायतले संवाद गरेकी छन ।
तपाईंले जनप्रतिनिधि भएर आइसकेपछि के–के काम गर्नुभयो ?
मैले जनप्रतिनिधि भएर आइसकेपछि थुप्रै कामहरु गरेका छौं । सडकरहरु बनिरहेका छन् । खानेपानिको काम पनि भइरहेको छ । यसका सथै कृषिका कामहरु पनि भइसकेका छन् । विद्यायलयका भवनहरु बनाउने आदी कामहरु भइरहेका छन् ।
तपाँईले थुप्रै कामहरु गरिसकेका छौं भन्नु भयो, पालिकामााँ अझै समस्याहरु छन होला। प्रमुख समस्याहरु के–के हुँन ?
हाम्रो पालिकामा समस्या त धेरे नै छन् । तर तत्काललाई भने किसानहरुलाई अनुदार चाहिँरहेको छ। कृषिको क्षेत्रमा सोचेजस्तो बजेट दिन सकिरहेका छैनौं । सडकहरुमा कालो पत्रे हुन सकिरहेको छैन् । हाम्रो स्रोत साधनले भ्याएसम्म यि समस्याहरुलाई समाधान गर्दै जानेछौं ।
जनअपेक्षाका उच्चतम प्राथमिकताका विषय के–के हुन् ?
जनअपेक्षाका उच्चतम प्राथमिकताका विषयहरु भनेका शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो–घाटो आदी हुन्। वर्खायाममा हिलाम्मे र हिँउदमा धुलाम्मे नहोस् भन्ने भावना छ । पर्यटकीय क्षेत्र पनि विकास होस् भन्ने भावना छ । यी नै विषयहरु प्राथमिकतामा छन् ।
तपाँईको पूर्ण कार्यकालको योजना के–के छन ?
योजनाहर त थुप्रै छन् । तर मैले बाटो–घाटोलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु । बाटो–घाटो सहज भएमा कुनै ठाउँमा उत्पादित बस्तुलाई सहज रुपमा बजार पुगाउन सकिन्छ । यसले किसानको आयस्रोतमा वृद्धि हुन्छ । जनताको जिवनस्थर माथि उकासियो भने त्यो हाम्रो लागि ठूलो खुसीको कुरा हुन्छ । बाटोघाटो राम्रो हुँदा कोही बिरामी पर्दा समयमै अस्पताल पुगाउन सकिन्छ । त्यसका अलवा शिक्षा, स्वास्थ्य र खानेपानी पनि मेरोे प्राथमिकतामा छन् ।
तपाँईको पालिकामा कर्मचारीको प्रायाप्तता, अप्रायाप्तता के छ ?
हाम्रो पाणिनी गाउँपालिकामा कर्मचारहिरु लगभग प्रायाप्त नै छन । प्रदेश लोकसेवा आयोगबाट मागेर अहिले कर्मचारकिो पूर्ति भइरहेको छ ।
अहिले सथानीय सरकार र पालिकामा भ्रष्टाचार बढ्दो छ भन्ने गुनासो सुनिन्छ, यसको नियन्त्रणका लागि यहाँ कति सजग हुनुहुन्छ ?
भ्रष्टाचार हुँन नदिने कुरामा म लगायत हाम्रो पाणिनी गाउँपालिका निकै सजग छ। अहिले मिडियाहरुमा स्थानीय तहहरुमा भ्रष्टाचार बढ्यो भन्ने खबरहरु बाक्लीदै आइरहेका छन् । मैले पनि आज बिहान एउटा अनलाईन मिडियाले छापेको देखे । मिडियाहरुले जहाँ भ्रष्टाचार भएको छ, जुन पालिकाले भ्रष्टाचार गरेको छ त्यसको नाम तोकेर यो पालिकामा यो खालको भ्रष्टाचार भयो यसले भ्रष्टाचार गरयो भनेर नाम र प्रमाण सहित समाचार छाप्दा राम्रो हुँने थियो । यसो नभएर पालिकाहरुमा भ्रष्टाचार बढ्यो भन्ने कुराहरु मात्रै छाप्दा भ्रष्टाचार नगर्ने पालिकाहरको पनि बदनाम हुँने काम भयो ।
पालिकाका सबै वडामा विकासको सामानुपातिक नीतिलाई कसरी अवलम्वन गरिरहन् भएको छ ?
हाम्रो पालिकामा ८ वटा वडाहर छन् । सबै वडाहरुमा कार्यक्रमहरु समान तरिकाले गइरहेका छन् । ठूला गौरवका योजनाहरु आफ्नो ठाउँमा छन् । सबै पालिकाका जनताहरुले पालिकाबाट प्राप्त हुने सेवा सुविधाहरुको उपभोग समान रुपमा पाउनुपर्छ भन्ने कुरामा नै म केद्रित छु ।
स्थानीय सरकारलाई प्रदेश र केन्द्र सरकारको कस्तो सहयोग छ ?
प्रदेश सरकाको चाहिँ ठिकेै छ । तर केन्द्र सरकारको चाही समानुपातिक भएन कि जस्तो लागेको छ । केन्द्र सरकारबाट पालिकाले माग गरेका योजनाहर भन्दा व्यक्ति विशेषका योजनाहरु आउँदा काम गर्न अप्ठेरो भएको छ । हुँनत प्रदेश सरकारले पनि कुनै कुनै योजनाहरु त्यस्तै गर्छ तर केन्द्र सरकार भन्दा प्रदेशबाट आउने योजनाहर अलि भए पनि हामीले भनेको जस्तो आउने गरेको छ ।