काठमाडौँ– थप ७८ जनासहित १२३ शाखा अधिकृतहरूको सरुवा भएको छ। अर्थ मन्त्रालयले मातहत कार्यरत शाखा अधिकृतहरूको सरुवा गरेको हो।
मन्त्रालय, आन्तरिक राजश्व कार्यालय, करदाता कार्यालयलगायतमा कार्यरत कर अधिकृत, भन्सार अधिकृत, प्रशिक्षक, शाखा अधिकृत तथा कम्प्युटर अधिकृतहरूको सरुवा गरेको हो।