तीन सहसचिवको सरुवा, कारागार व्यवस्था विभागको महानिर्देशकमा भट्टराई - Chaitanya News
  • 2026-06-13
  • 17:21:53
  • शनिबार,जेठ ३०, २०८३
  • तीन सहसचिवको सरुवा, कारागार व्यवस्था विभागको महानिर्देशकमा भट्टराई

    तीन सहसचिवको सरुवा, कारागार व्यवस्था विभागको महानिर्देशकमा भट्टराई

    काठमाडौँ– कारागार व्यवस्था विभागको महानिर्देशकमा नारायण भट्टराई नियुक्त भएका छन्। गृह मन्त्रालयले शुक्रबार गृह प्रवक्तासमेत रहेका भट्टराईसहित तीनजना सहसचिवको जिम्मेवारी तोकेको हो ।

    मन्त्रालयका सहसचिवद्वय टोकराज पाण्डेलाई नीति विश्लेषण महाशाखामा पदस्थापन गरेको छ भने ऋषिराम तिवारीलाई भट्टराईको ठाउँमा शान्ति सुरक्षा महाशाखाको जिम्मेवारी दिइएको छ।