जलन उपचारका लागि एक लाख आर्थिक सहयोग गर्ने स्वास्थ्य मन्त्री पौडेलको घोषणा - Chaitanya News
  • 2026-05-04
  • 05:41:22
  • आइतबार,बैशाख २०, २०८३
  • जलन उपचारका लागि एक लाख आर्थिक सहयोग गर्ने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

    जलन उपचारका लागि एक लाख आर्थिक सहयोग गर्ने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।

    आज (शुक्रवार) काठमाडौँको वीर अस्पतालमा डा। केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उनले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताएका हुन्।

    सरकारले क्यान्सर, किड्नीलगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

    अब जलनका बिरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिबद्धता थियो । उनले उपचारको अभावमा जलन रोगीहरूको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरूको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पारे। मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए।