सचिवमा बढुवा भए महादेव पन्थ - Chaitanya News
  • 2026-09-22
  • 17:39:37
  • मंगलबार,आश्विन ०६, २०८३
  • काठमाडौँ– सरकारले सहसचिव महादेव पन्थलाई सचिवमा बढुवा गरेको छ।

    (हिजो) बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको कायममुकायम(कामु) प्रदेश सचिव रहेका सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा. कमल प्रसाद पोखरेल, महादेव पन्थ र रघुराम विष्टको नाम सिफारिस गरेको थियो। जसमध्ये दोस्रो नम्बरमा सिफारिस पन्थलाई सचिवमा बढुवा गरेको हो। यसअघि भाद्र २० बिहीबारको मन्त्रिपरिषद्ले दोस्रो नम्बरमा सिफारिस कार्कीलाई सचिवमा बढुवा गरेको थियो।