सरकारी सेवामा विशाल अवसर छ, युवाहरूले लोकसेवा तयारी गर्नुपर्छ : अर्जुन शर्मा - Chaitanya News
  • 2026-09-22
  • 17:39:30
  • मंगलबार,आश्विन ०६, २०८३
  • सरकारी सेवामा विशाल अवसर छ, युवाहरूले लोकसेवा तयारी गर्नुपर्छ : अर्जुन शर्मा

    सरकारी सेवामा विशाल अवसर छ, युवाहरूले लोकसेवा तयारी गर्नुपर्छ : अर्जुन शर्मा

    नेपाल संघियताको अभ्यासमा छ । यो अभ्यास केहि हदसम्म सफल पनि भइरहेको छ । ७५३ स्थानीय तह स्थानीय सरकारका रुपमा कार्यरत छन । स्थानीय पालिका जनताको घर दैलोका सरकार हुन् । गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूति जनताले त्यही सरकारको सेवा प्रवाहबाट अनुभूत गर्छन् । त्यहाँ पनि थुप्रै समस्याहरु छन् । कतिपय पालिकामा कर्मचारी र जनप्रतिनिधिबीच विवाद छ । कति पालिका भौगोलिक रुपमा निकै कठिन छन् । कतिपय कर्मचारीहरुले अभाव खेपिरहेका छन् । तै पनि जनप्रतिनिधि र कर्मचारी सेवा प्रवमहमा तल्लिन छन् । मेयर वा अध्यक्ष त्यस स्थानीय तहको सरकार प्रमुख हुन् । प्रमुख प्रशासकीय अधिकृत मुख्य सचिव हुन् । एउटा मन्त्रालयको मुख्य सचिवको भूमिका जस्तै एक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको हालको अबस्थामा उस्तै भूमिका हो भन्ने कुरालाई हामी नकार्न सक्दैनौं । सरकार प्रमुखको काम नीति, नियम, कानुन र कार्यविधि तथा मुख्य सचिवको काम यस्ता नीति, नियमको प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउने र ल्याउन लगाउने प्रमुख दायित्व र जिम्मेवारी भित्र आउँछ । त्यतिमात्रै नभइ प्रमुख प्रशासकीय अधिकृत आर्थिक अधिकार र आर्थिक नियम तथा प्रशासनिक कामकाज गर्ने गराउने स्थानीय तहको कार्यलय प्रमुख पनि हो । पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्‍याउने र केही पालिकाहरुमा भौगोलिक विकटताका र सिमित स्रोत साधनकाबीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन ? त्यहाँका जनताको अपेक्षा के छ ?  यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गर्दै आएको छ । आजका लागि निर्मला कडायतले अर्धखाचिको शितलगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मासँग संवाद गरेकी छन् ।

    तपाईं हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हानुभएको कति भयो ?
    मैले शितलगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको एक वर्ष भयो ।

    यो एक वर्षको अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनु भयो ?
    मैले शितलगंगा नगरपालिकामा जनप्रतिनिधिको राम्रो साथ र सहयो पाइरहेको छु । शितलगंगा नगरपालिका नेपालकै ठुलो नगरपालिका हो क्षेत्रफलको हिसाबले हाम्रो पालिकामा १४ वटा वडाहरु छन् । जनप्रतिनिधि र कर्मचारी समन्वयात्मक तरिकाले काम गरिरहेका छौं । यहाँका जनप्रतिनिधिहरु बुझ्ने र शिक्षित हुनुहुन्छ र काम गर्न सहज नै छ ।

    पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ ?
    स्थानीय तहमा जनअपेक्षा बढ्दो छ । संघिय सरकार र प्रदेश सरकारका अधिकार क्षेत्रका विषयमा पनि स्थानीय तहसँग जनताको अपेक्षा हुने हुन्छ । पमलिकाका जनतालाई सेवा दिने भनेर हामी आएका हौं । शाखामार्फत हुने सेवा प्रवाहलाई चुस्तता पार्ने छौं । विभिन्न वडा, शाखाबाट आएका रिपोर्टको अध्ययन गर्दै त्यहाँका समस्याको पहिचान गरेर समाधान हुनेगरि काम पनि गर्ने छौं

    तपाईंंले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
    जनप्रतिनिधिशरुले बनाएको नीति, नियम, कार्यक्रम र बजेटको परिधि भित्र रहेर काम गर्ने हो । हामीसँग विभिन्न सङ्यन्त्र छन् । विभिन्न शाखा छन् । वडा कार्यलयहरु छन् । शाखामार्फत हुने सेवा प्रवाहलाई चुस्तता पार्ने छौं । विभिन्न वडा र शाखाबाट आएका रपिोर्टको अध्ययन गर्दै त्यहाँका समस्याको पहिचान गरेर समस्याका समाधान हुनेगरि काम पनि गर्ने छौं । भूगोलको हिसाबले दुर्गम बस्तीका वडाहरुमा सेवाग्रहीहरुलाई वडा तहबाटै सेवा प्रवाह गरेर शिविरहरु सञ्चालन गरेर, सेवा प्रवाह गरिरहेका छौं ।

    कर्मचारीको प्रायाप्तता, सहजता , असहजता के छ ?
    कर्मचारीको विषयमा भन्नु पर्दा कर्मचारीको अभाव नै छ । दरबन्दी अनुसार कर्मचारी छैन् । प्रदेश लोकसेवा आयोगबाट जति पदपूर्ति हुनुपर्ने हो त्यति पदपूर्ति हुन सकिरहेको छैन् । यो वर्ष पनि पदपूर्ति नहुँने जस्तो खालको सुचना प्राप्त गरेका छौं । कर्मचारीको अभावका कारण पनि हामीले जनअपेक्षित सेवा दिन सकिरहेका छैनौं । जनशक्तिको अभाव भएपनि हामीले यहाँबाट दिने सेवा प्रवाहलाई भने रोकेका छैनौं ।

    के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ जस्तो लाग्छ ?
    स्थानीय तहबाट गुणस्तरीय सेवा प्रवाह गर्नका लागि यहाँ दरबन्दी अनुसारको कर्मचारीको आपूर्ति हुन प्र्यो । कर्मचारीको क्षमता विकास हुन प्रर्यो । कर्मचारी अभावले सस्थागत र क्षमतागत दुवै विकास हामीले गर्न सकिरहेका छैनौं । प्राप्याप्त मात्रामा कर्मचारी भइदिएमा स्थानीय तहबाट हुने सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन सकिन्थ्यो ।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका परिक्षार्थीलाई के भन्न चाहानुहुन्छ ? र कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई ?
    अहिले धेरै अवसरहरु आएका छन् । यो संघिय संरचनामा गइसकेपछि संघिय तहमा, प्रदेश तहमा र स्थानीय तहमा जनशक्तिको माग बढीरहेको छ । त्यसैले विद्यार्थी भाई–बहिनीहरुले सबै क्षेत्रमा काम लाग्ने गरि सबै तहमा आवेदन गर्ने, तयारी कलासहरु लिने, अनलाईन कलासहरु लिएर तयारीलाई अझै बढी समग्र रुपमा अगाडी बढाउनु भयो भने नेपालमा बसेर तलव सुविधा लिएर जनताको, समाजको सेवा गर्ने जुन अवसर छ त्यो अवसरलाई नगुमाउनुहोस् ।