प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, सहसचिवको सरुवा हुन सक्ने - Chaitanya News
  • 2026-07-05
  • 06:09:04
  • आइतबार,आषाढ २१, २०८३
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, सहसचिवको सरुवा हुन सक्ने

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, सहसचिवको सरुवा हुन सक्ने

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ १८ः३० बजे बैठक बस्ने तय भएको छ।

    आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवको सरुवा गर्न सकिने सम्भावना पनि रहेको छ। प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो।

    सरकारी स्रोतले आजको बैठकपछि केही महत्वपूर्ण निर्णयहरू सार्वजनिक हुन सक्ने जानकारी दिएको छ।