५ जिल्लाका सीडीओ फेरिए - Chaitanya News
  • 2026-11-18
  • 01:22:39
  • मंगलबार,मंसिर ०२, २०८३
  • काठमाडौँ– गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ। काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन्। आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए।

    सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको गृह मन्त्रालयमा सह सचिव छवि रिजालले रातोपाटीलाई बताए।

    अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन्।