विश्व क्रिकेट लिग२ का लागि नेपाली क्रिकेट टोली घोषणा - Chaitanya News
  • 2026-07-28
  • 22:11:16
  • मंगलबार,साउन १२, २०८३
  • विश्व क्रिकेट लिग२ का लागि नेपाली क्रिकेट टोली घोषणा

    विश्व क्रिकेट लिग२ का लागि नेपाली क्रिकेट टोली घोषणा

    काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा नेपालले क्यानडामा हुने विश्व क्रिकेट लिग–२ को दोस्रो चरणका लागि आज अन्तिम टोली घोषणा गरेको छ।

    दुई सातापछि हुने लिग(२ मा नेपालले क्यानडा र ओमानसँग २(२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

    छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्। देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन्।

    सन् २०२७ मा दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले सेप्टेम्बर १६ मा क्यानडा, १८ मा ओमान, सेप्टेम्बर २२ मा क्यानडा र २४ मा ओमानसँग खेल्नेछ।