हृदेश त्रिपाठीलाई हराउदै विनोद चौधरी विजयी - Chaitanya News
  • 2026-04-22
  • 19:33:40
  • बुधबार,बैशाख ०९, २०८३
  • हृदेश त्रिपाठीलाई हराउदै विनोद चौधरी विजयी

    हृदेश त्रिपाठीलाई हराउदै विनोद चौधरी विजयी

    काठमाडौं – नवलपरासी पश्चिमबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका छन् ।

    चौधरीले जनता प्रगतिशील पार्टी नेपालका हृदेश त्रिपाठीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

    चौधरीले २९ हजार ४९५ मत प्राप्त गरे भने त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत प्राप्त गरेका छन् ।