तपाईंको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 01:37:27
  • मंगलबार,मंसिर ०२, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    रोजगारको अवसर मिल्ने छ। महिला वर्गबाट विशेष सहयोग मिल्ने छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। अरुलाई प्रभावित पारेर काम बन्ने छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    व्यर्थको यात्रामा जान बाध्य भइएला। मन खिन्न हुने स्थिति आउने छ। नजिक व्यक्तिबाट धोका पाइन सक्छ। पेटसम्बन्धी समस्या आउनसक्छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज अचल सम्पत्ति हात पर्न सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। मान प्रतिष्ठामा वृद्धि होला।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। उपकार गरेर अरुको मन जित्न सकिने छ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ। मनमा चञ्चलता बढ्ने छ, तर साँझमा शुभ समाचार सुन्नमा आउला।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ। व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ। महिला मित्रबाट विशेष सहयोग मिल्ने छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्नेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। सफल यात्राको योग छ।

    कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज शुभकार्यको चर्चा चल्ने छ। नयाँ काम वा रोजगार नपाइन सक्छ । सामाजिक कार्यमा सफलता मिल्ने छ। जोश, जाँगर र हिम्मत पनि बढ्ला।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्ने छ। कला र गलाको प्रभाव बढ्ने छ। धन पनि हात लाग्न सक्छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज शुभकार्यको चर्चा चल्ने छ। आफन्तसँग भेटघाट रहनेछ। सफल यात्रा र उपहार पाइने सम्भावना छ। मनमा शान्ति पनि पनि छाउला।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    विद्या र बुद्धिको विकास हुनेछ। मङ्गल कार्यको योग छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला। रोजगारको अवसर पनि मिल्ने छ।