फिफा विश्वकप २०२२: ब्राजिलको विजयी सुरुवात - Chaitanya News
  • 2026-04-22
  • 19:36:12
  • बुधबार,बैशाख ०९, २०८३
  • फिफा विश्वकप २०२२: ब्राजिलको विजयी सुरुवात

    फिफा विश्वकप २०२२: ब्राजिलको विजयी सुरुवात

    काठमाडौं  – ब्राजिलले कतारमा जारी फिफा विश्वकप २०२२ मा विजयी सुरुवात गरेको छ।

    लुसेल स्टेडियममा गएराति सम्पन्न समूह ‘जी’ अन्तर्गतकाे खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो। ब्राजिललाई जिताउन रिचार्लिसनले दुई गोल गरे।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२औं मिनेटमा पहिलो गोल गर्दै रिचार्लिसनले ब्राजिललाई अग्रता दिलाएका थिए।

    खेलको ७३औं मिनेटमा रिचार्लिसनले ब्राजिलका लागि दोस्रो गाल गरे। जितसँगै ब्राजिल समूह ‘जी’ को शिर्ष स्थानमा उक्लिएको छ।