नेपाल प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित) - Chaitanya News
  • 2026-11-18
  • 02:21:11
  • मंगलबार,मंसिर ०२, २०८३
  • नेपाल प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

    नेपाल प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

    काठमाडौँ– नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा गरेको हो।

    प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ।

    यस्तै, कपिलवस्तुस्थित वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह, रुपन्देहीको इलाका प्रहरी कार्यालय मझगाउँमा सन्तोष बस्याल र सिराहा स्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा सन्तोष कुमार बुढाथोकीलाई पठाइएको छ।

    यस्तैगरी, शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ। विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र बाङगेल लामालाई जाजरकोट स्थित इलाका प्रहरी कार्यालय रिम्नामा सरुवा गरिएको छ।

    रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारी, पर्सा ट्राफिकमा लोकराज भट्ट, महोत्तरी ट्राफिकमा लक्ष्मीराज जोशी र प्रहरी प्रभाग मंगलबजारमा लीलाभक्त बादेलाई पठाइएको छ।