वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले घट्यो - Chaitanya News
  • 2026-04-27
  • 03:47:19
  • आइतबार,बैशाख १३, २०८३
  • वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले घट्यो

    वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले घट्यो

    काठमाडौं– दुई दिनमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँबराबरले घटेको छ।

    नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर १ र २ गते वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको हो। योसँगै मंसिर २ गतेसम्म बैंकहरुको कुल निक्षेप ४५ खर्ब ५८ अर्ब रुपैयाँमा झरेको छ। गत कात्तिक ३० गतेसम्म बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो।

    यसैगरी यो दुई दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेको छ। योसँगै मंसिर २ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ। गत कात्तिकसम्म कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो।

    वाणिज्य बैंकहरुको औसत सीडी रेसियो भने मंसिर २ गतेसम्म झरेर ८६.९१ प्रतिशतमा झरेको छ। गत कात्तिक ३० गतेसम्म सीडी रेसियो ८७.१९ प्रतिशत थियो।