काठमाडौँ–लोकसेवा आयोगले नापी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ।
आज (शुक्रबार)आयोग कार्यालयले एक सूचना जारी गरी नापी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२७९–१७२८३–०८०–८१ (खुला तथा समावेशी), नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, रा.प. तृतीय श्रेणी, नापी अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको हो।