मेहेनतको फल मिठो हुन्छ, पहिलो पटक असफल हुँदैमा हार मानेर लोकसेवामा मेहेनत गर्न छोड्नु हुँदैन : चक्र देव भट्ट - Chaitanya News
  • 2026-06-08
  • 20:27:20
  • सोमबार,जेठ २५, २०८३
  • मेहेनतको फल मिठो हुन्छ, पहिलो पटक असफल हुँदैमा हार मानेर लोकसेवामा मेहेनत गर्न छोड्नु हुँदैन : चक्र देव भट्ट

    मेहेनतको फल मिठो हुन्छ, पहिलो पटक असफल हुँदैमा हार मानेर लोकसेवामा मेहेनत गर्न छोड्नु हुँदैन  : चक्र देव भट्ट

    चैतन्य खबरले विभिन्न पालिकाका प्रशासकीय अधिकृतसँग अन्तर्वार्ताको सेसन सुरु गरेको छ। पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्याउने र केही पालिकाहरूमा भौगोलिक विकटता र सीमित स्रोेत साधनका बिच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन्रु त्यहाँका जनताको अपेक्षा के छरु यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग कुरा गरिरहेको छ तेहि विषयमा रहेर चैतन्य खबरका लागि निर्मला कडायतले अछामको तुर्माखाँद गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रदेवभट्टसँग गरेको कुराकानीको सम्पादित अंश:

    तपाईँ हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको कति भयो?
    मैले तुर्माखाद गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो।

    यो पाँच महिनाको अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनु भया?
    यो अवधिमा मैले यता जनप्रतिनिधिको राम्रो सहयोग पाइरहेको छु। सहजपूर्ण वातावरण पाएको छु।

    पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ?
    दक्ष जनशक्तिको अभाव छ। अधिकांश ठाउहरुमा करारबाट काम चलाई रहेको अबस्था छ। आन्तरिक स्रोत साधन पनि कम छन। आन्तरि स्रोत साधन कम भएका कारण जनअपेक्षा अनुसार सडक, शिक्षा, स्वास्थ्य, खानेपानि आदि विकास निर्माणका कामहरु समयमै हुँन सकेको छैन। यधवि जति पनि हामीसँग सैोत साधनहरु अपलब्ध छन,जनताहरुलाई सुविधा दिईरहेका छौ।

    तपाईँले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ?
    हामीले पालिकामा प्रशासनिक टिमको कुसल व्यवस्थापन शाखाहरुलाई जिम्मा दिएर गरिरहेका छौं।

    कर्मचारीको प्रायाप्तता, सहजता, असहजता के छ?
    हाम्रो पालिकामा कर्मचारीको अभाव नै छ। यसले गर्दा हामीले जनअपेक्षा अनुसार सेवा प्रवाहा गर्न सकिरहेका छैनौं। यधवी हामी जति कर्मचारी छौं, जनतालाई राम्रोसँग सेवा दिइरहेका छौं।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका परिक्षार्थीलाई के भन्न चाहानु हुन्छ?
    यदि तपाईँहरुले नेपालमा नै लोकसेवा पढेर केहि गर्छु भन्ने सोच बनाउनु भएको छ, भने् अन्त कतै मन नडुलाएर मेहेनतका साथ पढेनुहोस् सफलता अवस्य मिल्नेछ।

    कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई?
    तयारी गर्दा आफूलाई याद हुने एउटा निश्चित फर्म्याट तयार गर्नुपर्छ। लोकसेवा पास गर्न कितावी ज्ञान त चाहिन्छ नै त्यसका अलावा अतिरिक्त ज्ञानको पनि आवश्यकता पर्छ। मेहेनतको फल मिठो हुन्छ। त्यसैले पहिलो पटक असफल भए भन्दैमा  हार मानेर मेहेनत गर्न छोड्नु हुँदैन।