साफ यू–२० च्याम्पियनसिपको फाइनल खेलमा आज नेपाल र बंगलादेश भिड्दै - Chaitanya News
  • 2026-06-07
  • 02:35:39
  • शनिबार,जेठ २३, २०८३
  • साफ यू–२० च्याम्पियनसिपको फाइनल खेलमा आज नेपाल र बंगलादेश भिड्दै

    साफ यू–२० च्याम्पियनसिपको फाइनल खेलमा आज नेपाल र बंगलादेश भिड्दै

    काठमाडौँ– साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ। आज दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु हुनेछ।

    सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल पुगेको हो। त्यसअघि नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको थियो। समूह चरणमा नेपालले श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो।

    बंगलादेश उपविजेता बनेर सेमिफाइनल पुगेको थियो।