सिरक डसना पसलमा आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु, तीन घाइते - Chaitanya News
  • 2026-04-24
  • 19:54:12
  • शुक्रबार,बैशाख ११, २०८३
  • सिरक डसना पसलमा आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु, तीन घाइते

    सिरक डसना पसलमा आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु, तीन घाइते

    काठमाडौं – रौतहटको गौर नगरपालिका १ मा आगलागी हुँदा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ।

    गौर १ माइस्थान चोकमा अवस्थित मोहम्मद इस्लामको सिरक डसना पसलमा गएराति करिब १२ बजे आगलागी भएको हो।

    जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेका अनुसार आगलागीमा परेर इस्लामकी ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षीय छोरा इमरान मंसुरी र ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको छ।

    घटनामा मोहम्मद इस्लामको घरमा पाहुना आएका २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र १० वर्षीय मोहम्मद इमान घाइते भएका छन्।

    ‘घाइतेमध्ये १० वर्षीय बालकको अवस्था गम्भीर भएकाले थप उपचारका लागि वीरगञ्ज पठाइएको छ एसपी घिमिरेले बताए । ‘मध्यराति कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको अनुमान गरेको उनले बताए । सिरक डसना बनाउने उद्योगमै मानिसहरु सुत्ने बस्ने गरेकाले मानवीय क्षति भएको उनको भनाइ छ ।

    उद्योगसँगै जोडिएको घरमा आलम मन्सुरीले सञ्चालन गरेको मोटरसाइकल ग्यारेजमा पनि आगलागीले क्षति गरेको छ।