ललितपुर-३ बाट तोसिमा विजयी, पम्फा भुसाल तेस्रो - Chaitanya News
  • 2026-04-24
  • 16:40:43
  • शुक्रबार,बैशाख ११, २०८३
  • ललितपुर-३ बाट तोसिमा विजयी, पम्फा भुसाल तेस्रो

    ललितपुर-३ बाट तोसिमा विजयी, पम्फा भुसाल तेस्रो

    काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका डा तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

    तोसिमाले ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउँदा ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले तेस्रोमा झरिन् । उनले ८ हजार ७६९ मत मात्र पाइन् ।

    तोसिमाको जितसँगै स्वतन्त्र पार्टीले पाँच सिट ल्याएको छ । ०७४ को निर्वाचनमा भुसाल यस क्षेत्रबाट विजयी भएकी थिइन् ।