मन्डेला को थिए ?
सन् १९१८ जुलाई १८ मा दक्षिण अफ्रिकाको बासा नदीको किनारमा रहेको म्वेन्जो गाउँमा जन्मेका नेल्सन मण्डेला विश्वविख्यात राजनेता हुन् । उनी आफ्नो जीवनमा रङभेदी र जातिभेदी नेतृत्वविरुद्ध अनवरत लडेर दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रप्रमुख बन्न सफल भएका थिए ।
नेल्सन मण्डेलाले स्वतन्त्रता, समानता र रंगभेदविरुद्धको संघर्षमा २७ वर्ष जेल जीवन बिताएका थिए । तर उनि भन्ने गर्थे म २७ वर्ष जेल गयको हैन २७ वर्षको लामो बिदामा गयको थिय। उनी सन् १९९० मा जेलबाट रिहा भए । त्यसपछि १९९४ देखि १९९९ सम्म उनले दक्षिण अफ्रिकाको राष्ट्रपति भई सत्ता सम्हाले । दक्षिण अफ्रिकी नागरिकलाई गोराहरूको उपनिवेशबाट मुक्त गराउन सफल उनि न्याय, स्वतन्त्रता र समानताका प्रतिमूर्ति मानिन्छन् । सन् 1993 मा शान्तिका लागि नोबेल पुरस्कार पाउने मण्डेला त्याग, निष्ठा र समर्पणका अनुपम उदाहरण पनि हुन् । त्यसैले उनलाई शान्तिका दूत पनि भनिन्छ ।
नेल्सन मण्डेला दृढ संकल्प र दृढ विश्वासले हामी आफ्नो जुनसुकै सपना पूरा गर्न सक्छौं भन्ने विश्वास राख्थे। रंगभेद विरुद्ध लामो लडाइँ लड्ने नेल्सन मण्डेलाको विचारले हामि सबैको जीवन परिवर्तन गर्न सक्छ। उनका विचारले मानिसलाई एक नयाँ दिशा देखाउँछन् । आजको ‘चैतन्य चिन्तनमा’ मा नेल्सन मण्डेलाका प्रेरणादायी विचारहरू चैतन्य खबरको माध्यम वाट यहाँहरु माझ प्रस्तुत गर्दै छौ ।
नेल्सन मण्डेला का अनमोल विचारहरु
- शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो, जसले विश्व बदल्न सक्दछ ।
- सबैभन्दा गाह्रो काम समाजलाई बदल्नु होइन, आफैलाई बदल्नु हो ।
- जब कुनै खुशीयाली मनाइन्छ, तब आफू पछि र दोश्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउँदछ, तब आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन् ।
- एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
- अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।
- मेरो सफलताबाट मलाई न्याय नगर्नुहोस्। बरु म कति पटक लडेर उठेको छु त्यसको आधारमा मलाई मुल्यांकन गर्नुहोस्।
- तपाईं कुनै व्यक्तिसँग कुरा गर्दा उसले बुझ्ने भाषाको प्रयोग गर्नु भयो भने उसले बुझ्न सक्छ । तर यदि तपाईंले उसँग उसकै मातृभाषामा कुरा गर्नु भयो भने उसको दिलमा गएर बस्छ ।
- म कहिल्यै हार्दीन- म या त जित्छु या सिक्छु
- जबसम्म काम गरिँदैन, तबसम्म त्यो कुरा असम्भव नै लाग्छ ।
- यदि आफ्नो सत्रुसँग शान्ति बनाइराख्नु छ भने पहिले उसँगै मिलेर काम गर्नुपर्दछ, त्यसपछि उ स्वतह: पार्टनरमा बदलिनेछ ।
- स्वतन्त्र हुनु भनेको बन्धनबाट मुक्त हनु मात्र होइन, बल्कि अरु मानिसको स्वतन्त्रतालाई सम्मान र अभिबृद्धि गर्दै जिउन सक्नु पनि हो ।
- कुनै पनि काममा गर्व छ भने मात्र सफल हुन सकिन्छ ।
- कुनै पनि मानिसले जन्मदेखि नै रङ, परिस्थिति र उसको धर्मप्रति घृणा लिएर पैदा भएको हुँदैन ।
- एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधैं विजयलाई जोडिरहेका हुन्छन् ।
Post Views: 354