काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले फैसला कार्यान्वयनमा देखिएका कानुनी, प्रक्रियागत तथा संस्थागत जटिलता हटाउन सरकार सक्रिय रहेको बताइन्। मन्त्री गौतमले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन पूर्णपाठ समयमै उपलब्ध गराउने…