चाणक्यका अनमोल विचारहरु, जसले तपाइको जीवन वदल्न सक्छ । - Chaitanya News
  • 2026-05-24
  • 15:47:52
  • आइतबार,जेठ १०, २०८३
  • चाणक्यका अनमोल विचारहरु, जसले तपाइको जीवन वदल्न सक्छ ।

    चाणक्यका अनमोल विचारहरु, जसले तपाइको जीवन वदल्न सक्छ ।

    चाणक्य को थिए ?

    आचार्य चाणक्य एक यस्ता कूटिल राजनीतिज्ञ एवं कूटनीतिज्ञ थिए, जसको नीति अनुसरण गर्दै चन्द्रगुप्त मौर्य, एक साधारण बालक वाट संयुक्त भारतको सम्राट बने। एक गरिब ब्राह्मण परिवारमा जन्मेका चाणक्यको वास्तविक नाम विष्णुगुप्त हो । उनले भारतको उत्तर-पश्चिमी भागमा अवस्थित तक्षशिला, जुन अहिले पाकिस्तानमा पर्छ, उक्त ठाउमा एउटा पुरातन शिक्षा केन्द्रमा शिक्षा पाएका थिए।

    आचार्य चाणक्य कुटिल बुद्धिका धनी भएकाले कौटिल्य पनि भन्ने गरिएको थियो । उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदि संग सम्बन्धित महान ग्रन्थहरु रचना गरेका छन् । उनीद्वारा रचित नीतिशास्त्रमा चाणक्य नीति र अर्थशास्त्रमा कौटिल्यको अर्थशास्त्र सबै माझ चर्चित छन् । यी दुवै शास्त्रमा हाम्रा लागी जीवनोपयोगी कुराहरु उल्लेख गरिएको पाइन्छ । उनको व्यक्तित्व हामि सबैका लागि अनुकरणीय छ ।

    चाणक्यले बोलेका शब्दहरू चाणक्यले लेखेका चाणक्य नीति र अर्थशास्त्रमा संग्रहित छन् । सोही चाणक्य नीतिमा उल्लेखित केही नीतिज्ञान एवं प्रेरणादायी विषयलाई  चैतन्य खबरको माध्यम वाट यहाँहरु माझ प्रस्तुत गर्दै छौ ।

    चाणक्यका अनमोल विचारहरु

    • “मानिस जन्मले होइन, कर्मले महान बन्छ” ।
    • “मुर्ख मानिसको लागि किताब त्यति नै उपयोगी हुन्छ, जति ऐना अन्धो मान्छेको लागि हुन्छ” ।
    • सर्प विषालु नभए पनि विषालु भएको नाटक गर्नुपर्छ ।
    • मूर्तिमा भगवानको अस्तित्व छैन। तपाईंका भावनाहरू तपाईंको भगवान हुन्। आत्मा तपाइको मन्दिर हो।
    • अरुलाई खराब भन्न पहिले आफु असल हुनुपर्दछ’
    • जहाँ तपाईंको अपमान हुन्छ त्यहाँ नजाँदा राम्रो
    • सम्बन्धहरु उनीहरुसँगै मधुर हुन्छन, जोसँग मुनाफा धेरै हुन्छ !
    • सन्तुलित दिमाग जस्तो सादगी केहि छैन, सन्तोष जस्तो सुख केहि छैन, लोभ जस्तो बिमार केहि छैन, दया जस्तो पुण्य केहि छैन ।
    • जबसम्म तपाईको शरीर स्वस्थ्य र नियन्त्रणमा हुन्छ, मृत्यु टाढा हुन्छ ।
    • सारसले जस्तै एक बुद्धिमान व्यक्तिले आफ्नो इन्दि्रयलाई नियन्त्रणमा राखेर स्थानको जानकारी, समय र योग्यता अनुसार आफ्नो उदेश्य प्राप्त गर्न चाहन्छ ।
    • कसैको निन्दा नगरौ । यदि मद्दत गर्न सक्छौं भने हात बढाउँ, यदि सक्दैनौ भने हात जोड ।
    • आफ्नो धन अर्काको भलाईमा प्रयोग हुन्छ भने, त्यसको मूल्य रहन्छ । अन्यथा यो दुखको भण्डार हो, यसबाट जतिसक्दो छुटकारा मिल्नुपर्छ ।
    • जुन समय जे कामको लागि प्रतिज्ञा गरिन्छ, ठीक त्यही समय त्यही काम गर्नुपर्छ । अन्यथा विश्वास नष्ट हुन्छ ।
    • जुन दिन हामीलाई कुनै समस्या आउँदैन, बुझौं हामी गलत बाटोमा छौ ।
    • दिल र दिमागको द्वन्द्वमा दिललाई सुनौं ।
    • एक पटक तपाईले केहि काम गर्न थाल्नुभयो भने असफलतासँग नडराउनुहोस् र त्यसमा हार नमान्नुहोस्। इमानदारीपूर्वक काम गर्ने मानिस सबैभन्दा खुसी हुन्छन् ।
    • तपाई के गर्ने सोचिरहनु भएको छ ? त्यसलाई व्यक्त हुन दिनु हुँदैन । बुद्धिमानीपूर्वक यसलाई रहस्य बनाइ राखौ र यस काम गर्नका लागि दृढ हुनुपर्छ ।
    • कुनै काम सुरु गर्नुअघि आफुले आफैलाई तीन प्रश्न गरौं । म के गर्दैछु ? यसको नतिजा के हुन्छ ? के यसमा म सफल हुन्छु ?
    • पाँच बर्षसम्म बच्चालाई प्रेम दिएर हुर्काउनुहोस्, बाँकी पाँच बर्ष आफ्नो नियन्त्रणमा राख्नुहोस् । जब सोह्र बर्षको हुन्छ, उनीसँग एक मित्रवत् व्यवहार गर्नुहोस् । आफ्नो वयस्क बच्चा नै आफ्नो सबैभन्दा विश्वसासिलो र नजिकको मित्र हो ।
    • हामी भूतकालको बारेमा पछुताउनु हुँदैन, भविष्यका लागि चिन्तित हुन पनि जरुरी छैन । विवेकवान व्यक्ति सधै वर्तमानमा जिउँछ ।