कस्तो रहला आजको मौसम ? - Chaitanya News
  • 2026-06-11
  • 21:14:26
  • बिहिबार,जेठ २८, २०८३
  • काठमाडौं – नेपालमा आज (बिहीबार) उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश– १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

    राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ । पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ ।