लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-08
  • 01:01:00
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    हावापानी र जलसम्पदा : स्थिति र महत्व

     नमुना प्रश्न : हावापानीको परिचय दिँदै नेपालमा पाईने हावापानीको बारेमा उल्लेख गर्नुहोस्।(२+८)

    हावापानी परिचय

    सामान्यतया : कुनै निश्चित स्थानको बर्षादको मात्रा, तापक्रमको अवस्था र हावाको वहाबलाई मौसम भनिन्छ। निश्चित अवधिको मौसमको औषत अवस्था नै हावापानी हो । हावापानीले मानिसको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्दछ । हावापानी अनुसार जैविक विविधता एवं वातावरणीय विविधता रहेको हुन्छ ।

    नेपालमा पाईने हावापानी

    नेपालमा धरातलीय स्वरुपको आधारमा पाँच प्रकारका हावापानी पाईन्छ । जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • उष्ण मनसुनी हावापानी
    • समुद्री सतहबाट करिब १२०० मि. सम्मको उचाईसम्म यस किसिमको हावापानी पाईन्छ ।
    • यस्तो हावापानी नेपालको तराई क्षेत्रमा पाईन्छ ।
    • ग्रीष्मयाममा यहाँको तापमान ३८ देखि ४२ सेन्टिग्रेडसम्म पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ।
    • यो क्षेत्रमा अत्याधीक गर्मी हुन्छ ।
    • यो क्षेत्रमा सरदर २०० सेन्टिमिटर सम्म बर्षा हुन्छ ।

     

    • न्यानो समशितोष्ण हावापानी
    • चुरे तथा मध्यभूमिको माथिल्लो भागमा समुद्री सतहबाट करिब १२०१ मि. देखि २१०० मि सम्मको उचाईमा यस किसिमको हावापानी पाईन्छ ।
    • यस्तो हावापानी पाईने क्षेत्रमा ग्रीष्म ऋतुमा तापक्रम करीब २४ देखि ३० डिग्री सेन्टिग्रेड सम्म पुग्दछ भने हिउँदमा ० डिग्री सेन्टिग्रेडसम्म ओर्लिन्छ ।
    • यस्तो हावापानी स्वस्थ्यकर र मनोरम हुन्छ ।
    • यस क्षेत्रमा १२५ सेन्टिमिटर पानी पर्दछ ।
    • यो हावापानी पाईने क्षेत्रमा गृष्ममा न्यानो र हिउँदमा जाडो हुन्छ ।
    • ठण्डा समशितोष्ण हावापानी
    • समुद्र सतहबाट करिब २१०१ मि. देखि ३३५० मिटरसम्मको उचाईमा यस किसिमको हावापानी पाईन्छ ।
    • यस्तो हावापानी पाईने क्षेत्रमा ग्रीष्ममा तापक्रम १५ देखि २० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ० डिग्री सेन्टीग्रेडसम्म ओर्लिन्छ ।
    • यस क्षेत्रमा १०० सेन्टिमिटरसम्म बर्षा हुन्छ ।

     

    • लेकाली हावापानी
    • समुद्री सतहबाट ३३५१ मि. देखि ५००० मि. सम्मको उचाईमा यस किसिमको हावापानी पाईन्छ ।
    • यस क्षेत्रमा गृष्ममा करिब १० डिग्री सेन्टीग्रेडसम्म तापक्रम पुग्दछ भने हिँउदमा ० डिग्री सेन्टीग्रेड भन्दा कम तापक्रम हुन्छ ।
    • यस क्षेत्रमा ५० सेन्टिमिटर सम्म बर्षा हुन्छ ।
    • टुण्ड्रा वा हिमाली हावापानी
    • समुद्री सतहको ५,००० मि. भन्दा माथि यस किसिमको हावापानी पाईन्छ।
    • यस हावापानी भएको क्षेत्रमा अत्याधिक जाडो हुन्छ ।
    • यस क्षेत्रमा ० डिग्री भन्दा कम तापक्रम रहन्छ ।
    • यस क्षेत्रमा हिउँबर्षा हुन्छ ।

    अत: नेपाल भौगोलिक विविधतालाई भरिपूर्ण मुलुक हो । यहाँ भौगोलिक विविधताअनुरुप विभिन्न पाँच प्रकारका हावापानीहरु रहेका छन् ।

     

    नमुना प्रश्न : नेपालको हावापानीलाई असर पार्ने आधारभूत तत्वहरु उल्लेख गर्नुहोस् ।(१०)

    नेपालमा उचाईअनुसार  विशेषगरी पाँच प्रकारको  हावापानी पाईन्छ । नेपालको हावापानीलाई असर गर्ने तत्वहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • उचाई तथा जमिनको ढाल
    • औषतमा प्रत्येक १६५ मि. माथि पुग्दा १ डिग्री सेन्टिग्रेडका दरले तापक्रम घट्दै जान्छ।
    • उचाईगत विविधताले नेपालमा बढी उचाई भएको ठाँउमा ठण्डा र कम उचाई भएको ठाँउमा बढी गर्मी हुन्छ ।
    • अक्षांश
    • पृथ्वीको न्यून अक्षांशमा पर्ने ठाउँहरुमा सूर्यको सिधा किरण पर्ने हुँदा गर्मी हुन्छ भने उच्च अक्षांशमा पर्ने ठाँउहरुमा सूर्यको किरण छड्के पर्ने हुँदा जाडो हुन्छ ।
    • नेपालमा अक्षांशको फैलावट जम्मा करिब ४ डिग्री रहेकाले यहाँको हावापानीमा अक्षांशको न्यून प्रभाव रहेको छ ।
    • सामुद्रिक दुरता
    • समुद्र नजिक भएको ठाँउमा शितल हावापानी र समुद्रको टाढा रहेको ठाँउमा गर्मी हावापानी हुन्छ ।
    • नेपालको पूर्वि भाग समुद्रबाट नजिक रहेकाले पश्चिमी भागको तुलनामा बढी शीतल हुन्छ।
    • पर्वतको उपस्थिति
    • ठूला- ठूला पर्वत भएको ठाँउमा शितल हावापानी हुन्छ भने समथर भूभागमा गर्मी हावापानी हुन्छ ।
    • नेपालमा बर्षा गराउन पर्वतको ठूलो भूमिका रहेको छ ।
    • वायुको स्वभाव
    • कुनै पनि क्षेत्रको हावापानीलाई त्यहाँको वायुको स्वभावले प्रत्यक्ष असर गर्दछ ।
    • नेपालमा पनि बङ्गालको खाडीबाट बहने बायुले बर्षाद गराउँदछ ।
    • वनस्पति
    • नेपालमा घना जङ्गल भएको ठाउँमा ठण्डा र आद्रता बढी छ भने बनस्पति नभएको क्षेत्रमा गर्मि र सुक्खा बढी रहेको छ।
    • माटो
    • नेपालमा माटो रहेको क्षेत्रमा हावापानी धरै विषम प्रकृतिको छैन भने चट्टान रहेको क्षेत्रमा हावापानी विषम प्रकृतिको छ ।

    अत: हावापानी लामो अवधिको मौसमको औषत अवस्था हो । हावापानीलाई विभिन्न तत्वहरुले प्रभावित गर्दछन् ।

     

    नमुना प्रश्न : नेपालमा प्रचलित ऋतुको बारेमा उल्लेख गर्नुहोस् ।(५)

    नेपालमा प्रचलित ऋतुहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    ऋतुको नाम महिना मौसमको अवस्था
    बसन्त ऋतु चैत्र र बैशाख ठिक्क मौसम
    ग्रीष्म ऋतु जेष्ठ र आषाढ गर्मी
    बर्षा ऋतु श्रावण र भाद्र धेरै बर्षा हुने
    शरद ऋतु आश्विन र कार्तिक ठिक्कको मौसम हुने
    हेमन्त ऋतु मंसिर र पुष अत्यन्त जाडो
    शिशिर ऋतु माघ र फाल्गुन जाडो हुने

    अत: नेपालको हावापानीअनुसार ६ वटा ऋतुहरुमा विभाजन गर्न सकिन्छ ।

     

     नमुना प्रश्न : हावापानी र मौसमबीच भिन्नता उल्लेख गर्नुहोस् ।(५)

    कुनै पनि क्षेत्रमा तत्कालिन हावा, पानी र वायुको स्थितिलाई मौसम र लामो अवधिको मौसमक ‍औषत अवस्थालाई हावापानी भनिन्छ ।हावापानी र मौसमबीच रहेको भिन्नतालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    मौसम भिन्नताको आधार  हावापानी
    कुनै पनि स्थानको हावा, पानी र तापक्रमको अवस्था नै मौसम हो । परिचय कुनै पनि स्थानको लामो अवधिको मौसमको औषत अवस्था नै हावापानी हो ।
    यो छोटो अविधिमा परिवर्तन हुन्छ। परिवर्तन यो लामो अवधिसम्म उही रहन्छ।
    यसको अध्ययनलाई Meteorology भनिन्छ ।  विधा यसको अध्ययनलाई Climatology भनिन्छ ।
    यसले छोटो क्षेत्रको वातावरलाई जनाउँदछ । व्यापकता यसको फराकिलो क्षेत्रको वातावरणलाई जनाउँदछ ।
    यो क्षणिक हुन्छ । समय यो लामो अवधिको हुन्छ ।

      अत: हावापानी र मौसम भिन्न विषय हुन् ।

     

    नमुना प्रश्न : जलसम्पदा भन्नाले के बुझ्नुहुन्छ ? नेपालमा जसम्पदाको स्थितिको बारेमा लेख्नुहोस्।(२+३)

    जलसम्पदा

    • पृथ्वीमा रहेका समग्र पानी र त्यसमा विद्यमान प्राकृतिक स्रोत साधन नै जलसम्पदा हो ।
    • पानीका मुहान, ताल, सीमसार, नदी, सागर महासागर र त्यसमा विद्यमान समग्र चिजवस्तु नै जलसम्पदा हो ।
    • प्राकृतिक सौन्दर्यता कायम गर्न र प्राणी तथा वनस्पतिको जीवन सञ्चालन गर्न जलसम्पदाको महत्वपूर्ण भूमिका रहन्छ ।
    • यो समग्र पृथ्वीमा रहेका प्राणीहरुको लागि अत्यावश्यक मानिन्छ ।
    • विश्वमा जससम्पदामा पहिलो धनी मुलुकको रुपमा ब्राजिललाई लिईन्छ ।

    नेपालमा जलसम्पदाको स्थिति

    नेपालमा जलसम्पदाको स्थितिलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • नेपाल जलसम्पदाको दृष्टिकोणले विश्वको दोस्रो र एसियाको पहिलो धनी मुलुक हो ।
    • यहाँ ६ हजार भन्दा बढी नदीनाला रहेका छन् ।
    • नेपालमा जलस्रोतबाट तीन ठूला नदीहरु कोसी, गण्डकी र कर्णालीको जलभण्डार क्षमता १ लाख ४८ हजार क्वुविक मिटर अर्थात कुल जलभण्डार क्षमताको ७४ प्रतिशत रहेको छ ।
    • नेपालमा कुल जलविद्युत उत्पादन क्षमता करिब ८३ हजार मेगावट छ भने आर्थिक र प्राविधिक दृष्टिकोणले ४२ हजार मेगावट बिजुली उत्पादन गर्न सकिन्छ ।
    • नेपालको जलसम्पदाबाट करिब ८० लाख हेक्टर भूमि सिंचाई गर्न सकिन्छ ।
    • नेपालको सम्पूर्ण नदीहरुको जलभण्डार क्षमता करिब २ लाख २० हजार क्यूबिक मिटर रहेको छ ।
    • नेपालको कूल भू-भागको ३.९५% भू-भाग नदीनालाले ओगटेको छ ।

    अत : नेपाल जलसम्पदाको दृष्टीले विश्वमै धनी र समृद्ध मुलुक हो ।

     

    नमुना प्रश्न : उत्पत्तिको दृष्टीले  नेपालका नदीलाई के-कसरी विभाजन गर्न सकिन्छ ? उल्लेख गर्नुहोस्।(५)

    नेपाल जलस्रोतमा विश्वकै सम्पन्नशाली मुलुक हो । यहाँ सानाठूला गरेर ६ हजार भन्दा धेरै नदीनालाहरु रहेका छन् । उत्पत्तिका दृष्टीले नेपालको नदीलाई देहायबमोजिम विभाजन गर्न सकिन्छ ।

    • पहिलो स्तरका नदीहरु
    • हिमालयको हिउँ पग्लेर बनेका नदीलाई पहिलो स्तरका नदी भनिन्छ ।
    • यस्ता नदी बर्षभरी निरन्तर रुपमा बहन्छन् ।
    • पहिलो स्तरका नदीहरु ठूला जलविद्युत आयोजना र सिंचाई आयोजनाहरुका लागि महत्वपूर्ण मानिन्छन् ।
    • पहिलो स्तरका नदीहरुमा कोशी, गण्डकी, कर्णाली आदि पर्दछन्।
    • दोस्रो स्तरका नदीहरु
    • महाभारत पर्वत श्रेणीमा मुहान भएका नदीहरु दोस्रो स्तरका नदीहरु हुन् ।
    • यस्ता नदीहरुमा बर्षायाममा बढी पानी हुने र हिउँदमा पानीको मात्रा कम हुने गर्दछ ।
    • यी नदीहरु सिंचाई आयोजना र साना जलविद्युतको लागि उपयुक्त मानिन्छन्।
    • दोस्रो स्तरका नदीहरुमा राप्ती, मेची, कमला, वागमती आदि पर्दछन् ।
    • तेस्रो स्तरका नदीहरु
    • चुरे पर्वतमा मुहान भएका नदीहरु तेस्रो स्तरका नदीहरु हुन् ।
    • बर्षादमा यी नदीहरुले ठूला आकारका रुप लिएता पनि हिउँदमा यी नदीहरु साना हुने वा सुक्ने गर्दछन् ।
    • तेस्रो स्तरका नदीहरुमा रतुवा, तिलावे, हर्दिनाथ आदि पर्दछन् ।

    अत: उत्पत्तिका आधारमा नेपालका नदीहरुलाई  पहिलो, दोस्रो र तेस्रो गरी तीन तहमा वर्गिकरण गर्न सकिन्छ ।

     

    नमुना प्रश्न : नदीको आधारमा नेपाललाई के-कसरी विभाजन गर्न सकिन्छ ? उल्लेख गर्नुहोस्।(१०)

    नदीको आधारमा नेपाललाई देहायबमोजिम विभाजन गर्न सकिन्छ ।

    • कोशी प्रदेश
    • पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमालबीचको क्षेत्रलाई कोशी प्रदेश भनिन्छ ।
    • सप्तकोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो ।
    • यो सुनकोशी, तमोर, तामाकोशी, लिखु, अरुण, ईन्द्रावती र दुधकोशी मिलेर बनेको छ ।
    • यो नदी ७२० कि.मि लामो छ ।
    • यो नदीको जलप्रवाह १५६४ क्यूविक मिटर प्रतिसेकेण्ड रहेको छ।
    • यस नदीबाट २२००० मेगावट विद्युत उत्पादन गर्न सकिन्छ ।
    • कोशी प्रदेशको प्रभाव क्षेत्र ६० हजार वर्ग कि.मि रहेको छ ।
    • यसको सबैभन्दा ठूलो सहायक नदी अरुण हो भने सबैभन्दा सानो सहायक नदी लिखु हो ।

     

    • गण्डकी प्रदेश
    • पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धवलागिरी हिमाल सम्मको गण्डकी नदी प्रभावित क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ ।
    • गण्डकी नदीका सात प्रमुख सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, दरौदी, मादी, मर्स्याङ्दी, सेती र कालीगण्डकी हुन् ।
    • यो नेपालको सबैभन्दा गहिरो नदी हो ।
    • यस नदीलाई चितवन जिल्लामा आएपछि नारायणी नदीको नामले चिनिन्छ।
    • यो नदी करिब ३३८ कि.मि लामो छ ।
    • यो नदीको जलप्रवाह १७१३ क्यूविक मिटर प्रतिसेकेण्ड रहेको छ।
    • यस नदीबाट २१००० मेगावट विद्युत उत्पादन गर्न सकिन्छ ।
    • यस प्रदेशको प्रभाव क्षेत्र ३८ हजार वर्ग कि.मि रहेको छ ।
    • यसको सबैभन्दा ठूलो सहायक नदी कालीगण्डकी हो भने सबैभन्दा सानो सहायक नदी दरौंदी हो
    • कर्णाली प्रदेश
    • पूर्वमा धवलागिरी हिमालदेखि पश्चिममा व्यास हिमाल सम्मको कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ ।
    • कर्णाली नदीका सात प्रमुख सहायक नदीहरु हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा र सेती हुन् ।
    • यो नेपालको सबैभन्दा लामो नदी हो ।
    • यो नदी करिब ५०७ कि.मि लामो छ ।
    • यो नदीको जलप्रवाह १३१६ क्यूविक मिटर प्रतिसेकेण्ड रहेको छ।
    • यस नदीबाट ३२००० मेगावट विद्युत उत्पादन गर्न सकिन्छ ।
    • यस प्रदेशको प्रभाव क्षेत्र ४२ हजार वर्ग कि.मि रहेको छ ।
    • यसको सबैभन्दा ठूलो सहायक नदी हुम्ला कर्णाली हो भने सबैभन्दा सानो सहायक नदी तिला हो

    निष्कर्ष : यसरी नेपाललाई नदीका आधारमा मुख्य तीन वटा क्षेत्रमा विभाजन गर्न सकिन्छ ।  जलस्रोतको धनी मुलकको रुपमा रहेको नेपालमा जलस्रोतको अवस्थामा समेत हावापानी र धरातलीय स्वरुपअनुसार विविधता रहेको पाईन्छ ।

     

    नमुना प्रश्न : नेपालमा जलसम्पदाको महत्व उल्लेख गर्नुहोस् । (५)

    महासागर, सागर, नदी, ताल तलैया, खोला एवं त्यहाँ विद्यमान स्रोत र साधनहरुलाई जलसम्पदा भनिन्छ । नेपाल जससम्पदाको दृष्टीले विश्वकै धनी मुलुक मानिन्छ । नेपालमा जलसम्पदाको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • स्वच्छ खानेपानीको आपूर्ति गर्न
    • जलविद्युत उत्पादन गर्न
    • माछापालन जस्ता व्यवसायहरु सञ्चालन गर्न
    • सिंचाईको लागि
    • वातावरण संरक्षण गर्न
    • पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्धन गर्न
    • जलयातायत सञ्चालन गर्न
    • सीमानाको लागि उपयोग गर्न
    • धार्मिक संस्कार कायम गर्न
    • रोजगारीको सृजना गर्न
    • सरसफाई गर्न
    • प्राकृतिक सौन्दर्यता कायम गर्न
    • जैविक विविधता संरक्षण गर्न

    अत : नेपालको सामाजिक आर्थिक विकासमा जलसम्पदाको महत्वपूर्ण योगदान रहेको छ ।

     

    नमुना प्रश्न : तालका प्रकारहरु उल्लेख गर्नुहोस् ।(५)

    • जमिनको खाल्डोमा संकलित पानीलाई ताल भनिन्छ ।
    • नेपालको सबैभन्दा ठूलो ताल रारा ताल हो । नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो ताल हो ।
    • विश्वको सर्वाधिक उचाईमा रहेको ताल तिलोचो ताल हो । जुन समुद्री सतहबाट ४९१९ मि. को उचाईमा रहेको छ ।
    • ताललाई तीन भागमा विभाजन गर्न सकिन्छ ।
    • हिमाली ताल
    • हिउँ पग्लेर बगेको पानी संकलित भई निर्मित ताललाई हिमाली ताल भनिन्छ ।
    • रारा ताल, तिलिचो ताल आदि हिमाली ताल हुन् ।
    • पर्वतीय ताल
    • पहाडका खाल्टोमा पानी जमी बनेको ताल पर्वतीय ताल हुन् ।
    • फेवाताल, रुपाताल आदि पर्वतीय ताल हुन् ।
    • मानव निर्मित ताल
    • मानिसद्वारा निर्माण गरिएका ताल नै मानव निर्मित ताल हुन्।
    • रानीपोखरी, ईन्द्र सरोबर आदि मानव निर्मित ताल हुन् ।

    अत:नेपालका ताललाई हिमाली, पर्वतीय र मानव निर्मित गरी तीन भागमा विभक्त गर्न सकिन्छ ।

     

    नमुना प्रश्न : नेपालमा जलसम्पदाको विकास हुन नसक्नुका कारणहरु के-के हुन् ? उल्लेख गर्नुहोस् । (५)

    नेपालमा रहेका नदी, तालतयैया, सिमसार, खोला आदि क्षेत्र एवं त्यहाँ विद्यमान प्राकृतिक स्रोत साधन नै जलसम्पदा हो । नेपाल जलसम्पदामा विश्वकै धनी मुलक हो ।

    • सुस्पष्ट नीति एवं कार्यविधिको अभाव
    • दक्ष जनशक्तिको अभाव
    • राजनीतिक अस्थिरता
    • जनचेतनाको कमी
    • मुलुकमा बढ्दो भ्रष्टाचार र कुशासन
    • खोज र अनुसन्धानको कमी
    • सीप र प्रविधिको कमी
    • खानेपानी एवं जलविद्युतको बजारीकरण हुन नसक्नु
    • बढ्दो दण्डहिनता
    • निर्माणाधीन जलविद्युत आयोजनाहरु समयमै सम्पन्न हुन नसक्नु
    • आर्थिक स्रोत र साधनको अभाव

    अत: नेपाल जलसम्पदामा धनी मुलुक भएता पनि विभिन्न कारणहरुले गर्दा यहाँको जलसम्पदालाई मुलुकको हित र समृद्धिमा उपयोग गर्न नसिकिएको देखिँदा मुलुकको विकास र समृद्धिमा जलसम्पदालाई आवद्ध गर्दै जानु आवश्यक देखिन्छ।

     

    वनसम्पदा : अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरु

    नमुना प्रश्न :वनको परिचय दिँदै नेपालका वजनङ्गलको प्रकारबारे उल्लेख गर्नुहोस्।

    वन परिचय

    • आंशिक वा पूर्ण रुपमा रुख वा बुट्यानले ढाकेको क्षेत्रलाई वन भनिन्छ।
    • कुनै पनि ठाउँको भू-धरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित गर्दछन् ।
    • प्राकृतिक सन्तुलन कायम गर्न वनको अत्यन्तै महत्व रहन्छ ।
    • सन् २०१४ को वन सर्वेक्षणले नेपालको वनक्षेत्र ४४.७४% रहेको देखाएको छ ।
    • हाल नेपालमा ४५.३१ % बनक्षेत्र जसमध्ये ४१.६९% वन र ३.६२% बुट्यान रहेको तथ्याङ्ग रहेको पाईन्छ ।

    नेपालमा वनजङ्गलको प्रकार

    नेपालमा वनजङ्गलका प्रकारलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • उष्णप्रदेशीय सदाबहार जङ्गल
    • यस प्रकृतिको जङ्गल तराई, भाबर, दुन, चुरे पर्वतको १२०० मि. सम्मको उचाईमा पाईन्छ।
    • यहाँका रुखहरु अग्ला, मोटा, बलिया र सधै हरिया हुन्छन् ।
    • साल, सिसौ, खयर, सिमल आदि वनस्पति यस क्षेत्रमा पाईन्छन्।
    • यस जङ्गलमा हात्ती, गैंडा, बाघ, भालु आदि जनावरहरु पाईन्छन्।
    • समशीतोष्ण पतझर जङ्गल
    • करिब १२०१ मि. देखि २१०० मि. सम्मको उचाईमा यस प्रकृतिका जङ्गल पाईन्छ ।
    • यहाँ सल्ला, साल, चाँप, कटूस, ओखर जस्ता बोटबिरुवा पाईन्छन् ।
    • यस्तो जङ्गलमा हिउँदमा रुखका पातहरु झर्दछन् ।
    • समशीतोष्ण सदाबहार कोणधारी जङ्गल
    • करिब २१०१ मि. देखि ३३५० मि. सम्मको उचाईमा अवस्थित वनलाई सदाबहार कोणधारी बन भनिन्छ ।
    • यो जङ्गलमा अवस्थित रुखका पातहरु कोणजस्तै चुच्चो परेका हुन्छन् ।
    • यस जङ्गलमा चाँप, सल्ला, कटुस, धुपि जस्ता बोटबिरुवाहरु पाईन्छन् ।
    • लेकाली वनस्पती वा घाँसे मैदान
    • करिब ३३५१ मि. देखि ५००० मि. सम्मको उचाईमा अवस्थित वनलाई लेकाली बन भनिन्छ ।
    • यहाँ अग्ला, कडा र मोटा जातका रुखहरु पाईदैनन् ।
    • यहाँ गुराँस, निकाले जस्ता बोटबिरुवाहरु पाईन्छन् ।
    • शीत मरभूमिको वनस्पती
    • ५००० मि. भन्दा उचाईमा अवस्थित वनलाई शीत मरभूमिको बन भनिन्छ ।
    • यो सबैभन्दा उचाईमा पाईने वन हो ।
    • यहाँ काई र लेउमात्र पाईन्छ ।

    अत: वन वातावारण संरक्षणको महत्वपूर्ण अवयव हो । वातावरण अनुसार वनको प्रकृति पनि फरक-फरक हुन्छ ।

     

    नमुना प्रश्न : वन विनाश भन्नाले के बुझिन्छ ? नेपालमा वन विनाशका कारणहरु उल्लेख गर्नुहोस् । (२+३)

    वन विनाश परिचय

    बोटविरुवाको कटान गर्दै बन क्षेत्र घटाउने कार्य नै वनविनाश हो ।

    • बन विनाशले वनक्षेत्रमा भएको अतिक्रमणलाई बुझाउँदछ ।
    • यसले वनक्षेत्रको संकुचनलाई जनाउँदछ ।
    • वन विनाशले जैविक विविधता एवं वातावरण सन्तुलनमा ह्रास पुर्‍याउँदछ ।

    नेपालमा वन विनाशका कारण

    नेपालमा वन विनाशका कारणहरु देहायबमोजिम छन् ।

    • उच्च गरिबी र बेरोजगारी
    • वन पैदावारमा बढ्दो परनिर्भरता
    • जनचेतनाको कमी
    • उच्च जनसंख्या बृद्धि
    • परम्परागत उर्जाको बढ्दो प्रयोग
    • डढेलो
    • काठ तथा वन्यजन्तुको अवैध रुपमा चोरी निकासी
    • दण्डहिनता
    • बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप
    • अव्यवस्थित सहरीकरण
    • अव्यवस्थित रुपमा विकास निर्माण कार्य सञ्चालन हुनु
    • जलवायु परिवर्तनको असर
    • स्पष्ट नीति एवं कानूनको अभाव
    • विद्यमान नीति एवं कानूनको परिपालना नहुनु

    अत : जनचेतना अभिबृद्धि गर्दै नेपालमा वन विनाशलाई रोक्न सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

     

    नमुना प्रश्न : नेपालमा वनक्षेत्र संरक्षणका उपायहरु के- कस्ता हुन सक्छन् ? उल्लेख गर्नुहोस्।(५)

    आंशिक वा पूर्ण रुपमा रुख वा बुट्यानले ढाकिएको क्षेत्रलाई बनक्षेत्र भनिन्छ । नेपालमा हाल करीब ४५.३१% भू-भाग वनक्षेत्रले ओगटेको छ । नेपालमा वनक्षेत्र संरक्षणका उपायहरु देहायबमोजिम रहेका छन् ।

    • जनतेचनामुखी कार्यक्रमहरु सञ्चालन गर्ने
    • वनसंरक्षणका लागि आवश्यक नीति एवं कानूनको निर्माण गर्ने
    • वन संरक्षण सम्बन्धी विभिन्न खोज तथा अनुसन्धान गर्ने
    • वैकल्पिक उर्जाको विकास एवं प्रयोग गर्ने
    • गैह्र कानूनी रुपमा वनविनाश गर्नेलाई कडा दण्ड सजायको व्यवस्था गर्ने
    • वनसंरक्षण सम्बन्धी अन्तरार्ष्ट्रिय राम्रा र सफल अभ्यासलाई अनुशरण गर्ने
    • वन संरक्षणका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने
    • काठदाउराको अवैध चोरी निकासीलाई नियन्त्रण गर्ने
    • ढडेलो लगायतका क्रियाकलापहरुलाई समयमै नियन्त्रण गर्ने
    • वृक्षारोपण कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने
    • गरिबी र बेरोजगारी समस्या नियन्त्रण गर्ने
    • पदपैदावारमा आश्रित जनसमुदायका लागि अन्य रोजगारीको क्षेत्र उपलब्ध गराउने
    • वातावरणी प्रभावको मूल्यांकन गरी विकास निर्माणको कार्य सञ्चालन गर्ने

    अत: वन प्राकृतिक सन्तुलनको महत्वपूर्ण अवयव भएकाले वनक्षेत्र संरक्षणमा सरोकारवाला पक्षहरुको विशेष ध्यान जानुपर्ने देखिन्छ ।

     

    नमुना प्रश्न : वन संरक्षणका लागि नेपालमा भएको व्यवस्था उल्लेख गर्नुहोस् । (१०)

    वन जंगललाई जोगाउने अर्थात वनविनाश रोक्ने कार्य नै वन संरक्षण हो ।  वन सरंक्षणले वनक्षेत्रको विकास र विस्तारमा सहयोग पुर्‍याउँदछ । नेपालमा वन संरक्षणका लागि भएका प्रयासहरु देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • नीतिगत एवं कानूनी व्यवस्था
    • नेपालको संविधानको प्रस्तावनामै दिगो विकासप्रतिको प्रतिवद्धता व्यक्त गरिएको, धारा ३० मा स्वच्छ वातावरणको हकको व्यवस्था गरिएको, राज्यका नीतिहरुमा समेत वन संरक्षणका लागि विभिन्न व्यवस्थाहरु रहेको
    • वनऐन, २०७६
    • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९
    • वातावरण संरक्षण ऐन, २०७६
    • जलस्रोत ऐन, २०४९
    • राष्ट्रिय वन नीति, २०७१
    • राष्ट्रिय वातावरण नीति, २०७६
    • संस्थागत व्यवस्था
    • वन तथा वातावरण मन्त्रालय
    • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
    • राष्ट्रिय प्रकृति संरक्षण कोष
    • विभिन्न गैह्र सरकारी संस्था एवं नागरिक समाज
    • कार्यगत व्यवस्था
    • वन संरक्षण कार्यक्रम
    • वृक्षारोपण कार्यक्रम
    • भू-संरक्षण कार्यक्रम
    • डढेलो रोकथाम कार्यक्रम
    • विद्यालय तह देखिनै वन संरक्षण सम्बन्धि विषयमा पठनपाठन गरिँदै आईएको ।

    अत : वनक्षेत्र संरक्षण सम्बन्धमा रहेका नेपालका नीतिगत, संस्थागत तथा कार्यगत व्यवस्थालाई थप मजुबुत बनाउँदै वनक्षेत्रको संरक्षणको गर्नु बाञ्छनीय देखिन्छ ।

     

    नमुना प्रश्न : वन ऐन, २०७६ ले नेपालका वनलाई के –कसरी विभाजन गरेको छ ? उल्लेख गर्नुहोस् ।

    वन ऐन, २०७६ अनुसार नेपालका वनलाई देहायबमोजिम विभाजन गरिएको छ ।

    • अन्तरप्रादेशिक वन
    • कबुलियती बन
    • धार्मिक वन
    • सामुदायिक वन
    • निजी वन
    • राष्ट्रिय वन
    • साझेदारी वन
    • प्रदेशभित्रको राष्ट्रिय वन

    अत : वन ऐन, २०७६ ले नेपालको वनलाई विभिन्न प्रकारमा विभाजन गरेको पाईन्छ ।

     

    नमुना प्रश्न : वनसम्पदाको महत्व प्रष्ट पार्नुहोस् । (५)

    वनसम्पदा परिचय

    रुख एवं बुट्यानले ओगटेको क्षेत्र र त्यहाँ अवस्थित स्रोत र साधनहरुलाई वनसम्पदा भनिन्छ।

    • वनसम्पदा वातवरण संरक्षणको मुख्य तत्व हो ।

    वनसम्पदाको महत्व

    वनसम्पदाको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

    • जैविक विविधताको संरक्षण गर्न
    • मानवीय आवश्यकताहरु परिपूर्ति गर्न
    • वातावरण सन्तुलन कायम गर्न
    • खानेपानीको आपूर्ति गर्न
    • विभिन्न खनिज पदार्थहरुको प्राप्ति गर्न
    • प्रदुषण नियन्त्रण गर्न
    • प्राकृतिक सौन्दर्यता कायम गर्न
    • उद्योग धन्दाहरुलाई कच्चा पदार्थ उपलब्ध गराउन
    • पर्यटन व्यवसायलाई प्रवर्धन गर्न
    • रोजगारी सिर्जना गर

    अत: मानव जिवनका हरेको आवश्यकता परिपर्ति गर्न वन सम्पदाको विशेष महत्व रहेको हुन्छ ।

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100