हावापानी र जलसम्पदा : स्थिति र महत्व
नमुना प्रश्न : हावापानीको परिचय दिँदै नेपालमा पाईने हावापानीको बारेमा उल्लेख गर्नुहोस्।(२+८)
हावापानी परिचय
सामान्यतया : कुनै निश्चित स्थानको बर्षादको मात्रा, तापक्रमको अवस्था र हावाको वहाबलाई मौसम भनिन्छ। निश्चित अवधिको मौसमको औषत अवस्था नै हावापानी हो । हावापानीले मानिसको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्दछ । हावापानी अनुसार जैविक विविधता एवं वातावरणीय विविधता रहेको हुन्छ ।
नेपालमा पाईने हावापानी
नेपालमा धरातलीय स्वरुपको आधारमा पाँच प्रकारका हावापानी पाईन्छ । जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- उष्ण मनसुनी हावापानी
- समुद्री सतहबाट करिब १२०० मि. सम्मको उचाईसम्म यस किसिमको हावापानी पाईन्छ ।
- यस्तो हावापानी नेपालको तराई क्षेत्रमा पाईन्छ ।
- ग्रीष्मयाममा यहाँको तापमान ३८ देखि ४२ सेन्टिग्रेडसम्म पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ।
- यो क्षेत्रमा अत्याधीक गर्मी हुन्छ ।
- यो क्षेत्रमा सरदर २०० सेन्टिमिटर सम्म बर्षा हुन्छ ।
- न्यानो समशितोष्ण हावापानी
- चुरे तथा मध्यभूमिको माथिल्लो भागमा समुद्री सतहबाट करिब १२०१ मि. देखि २१०० मि सम्मको उचाईमा यस किसिमको हावापानी पाईन्छ ।
- यस्तो हावापानी पाईने क्षेत्रमा ग्रीष्म ऋतुमा तापक्रम करीब २४ देखि ३० डिग्री सेन्टिग्रेड सम्म पुग्दछ भने हिउँदमा ० डिग्री सेन्टिग्रेडसम्म ओर्लिन्छ ।
- यस्तो हावापानी स्वस्थ्यकर र मनोरम हुन्छ ।
- यस क्षेत्रमा १२५ सेन्टिमिटर पानी पर्दछ ।
- यो हावापानी पाईने क्षेत्रमा गृष्ममा न्यानो र हिउँदमा जाडो हुन्छ ।
- ठण्डा समशितोष्ण हावापानी
- समुद्र सतहबाट करिब २१०१ मि. देखि ३३५० मिटरसम्मको उचाईमा यस किसिमको हावापानी पाईन्छ ।
- यस्तो हावापानी पाईने क्षेत्रमा ग्रीष्ममा तापक्रम १५ देखि २० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ० डिग्री सेन्टीग्रेडसम्म ओर्लिन्छ ।
- यस क्षेत्रमा १०० सेन्टिमिटरसम्म बर्षा हुन्छ ।
- लेकाली हावापानी
- समुद्री सतहबाट ३३५१ मि. देखि ५००० मि. सम्मको उचाईमा यस किसिमको हावापानी पाईन्छ ।
- यस क्षेत्रमा गृष्ममा करिब १० डिग्री सेन्टीग्रेडसम्म तापक्रम पुग्दछ भने हिँउदमा ० डिग्री सेन्टीग्रेड भन्दा कम तापक्रम हुन्छ ।
- यस क्षेत्रमा ५० सेन्टिमिटर सम्म बर्षा हुन्छ ।
- टुण्ड्रा वा हिमाली हावापानी
- समुद्री सतहको ५,००० मि. भन्दा माथि यस किसिमको हावापानी पाईन्छ।
- यस हावापानी भएको क्षेत्रमा अत्याधिक जाडो हुन्छ ।
- यस क्षेत्रमा ० डिग्री भन्दा कम तापक्रम रहन्छ ।
- यस क्षेत्रमा हिउँबर्षा हुन्छ ।
अत: नेपाल भौगोलिक विविधतालाई भरिपूर्ण मुलुक हो । यहाँ भौगोलिक विविधताअनुरुप विभिन्न पाँच प्रकारका हावापानीहरु रहेका छन् ।
नमुना प्रश्न : नेपालको हावापानीलाई असर पार्ने आधारभूत तत्वहरु उल्लेख गर्नुहोस् ।(१०)
नेपालमा उचाईअनुसार विशेषगरी पाँच प्रकारको हावापानी पाईन्छ । नेपालको हावापानीलाई असर गर्ने तत्वहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- उचाई तथा जमिनको ढाल
- औषतमा प्रत्येक १६५ मि. माथि पुग्दा १ डिग्री सेन्टिग्रेडका दरले तापक्रम घट्दै जान्छ।
- उचाईगत विविधताले नेपालमा बढी उचाई भएको ठाँउमा ठण्डा र कम उचाई भएको ठाँउमा बढी गर्मी हुन्छ ।
- अक्षांश
- पृथ्वीको न्यून अक्षांशमा पर्ने ठाउँहरुमा सूर्यको सिधा किरण पर्ने हुँदा गर्मी हुन्छ भने उच्च अक्षांशमा पर्ने ठाँउहरुमा सूर्यको किरण छड्के पर्ने हुँदा जाडो हुन्छ ।
- नेपालमा अक्षांशको फैलावट जम्मा करिब ४ डिग्री रहेकाले यहाँको हावापानीमा अक्षांशको न्यून प्रभाव रहेको छ ।
- सामुद्रिक दुरता
- समुद्र नजिक भएको ठाँउमा शितल हावापानी र समुद्रको टाढा रहेको ठाँउमा गर्मी हावापानी हुन्छ ।
- नेपालको पूर्वि भाग समुद्रबाट नजिक रहेकाले पश्चिमी भागको तुलनामा बढी शीतल हुन्छ।
- पर्वतको उपस्थिति
- ठूला- ठूला पर्वत भएको ठाँउमा शितल हावापानी हुन्छ भने समथर भूभागमा गर्मी हावापानी हुन्छ ।
- नेपालमा बर्षा गराउन पर्वतको ठूलो भूमिका रहेको छ ।
- वायुको स्वभाव
- कुनै पनि क्षेत्रको हावापानीलाई त्यहाँको वायुको स्वभावले प्रत्यक्ष असर गर्दछ ।
- नेपालमा पनि बङ्गालको खाडीबाट बहने बायुले बर्षाद गराउँदछ ।
- वनस्पति
- नेपालमा घना जङ्गल भएको ठाउँमा ठण्डा र आद्रता बढी छ भने बनस्पति नभएको क्षेत्रमा गर्मि र सुक्खा बढी रहेको छ।
- माटो
- नेपालमा माटो रहेको क्षेत्रमा हावापानी धरै विषम प्रकृतिको छैन भने चट्टान रहेको क्षेत्रमा हावापानी विषम प्रकृतिको छ ।
अत: हावापानी लामो अवधिको मौसमको औषत अवस्था हो । हावापानीलाई विभिन्न तत्वहरुले प्रभावित गर्दछन् ।
नमुना प्रश्न : नेपालमा प्रचलित ऋतुको बारेमा उल्लेख गर्नुहोस् ।(५)
नेपालमा प्रचलित ऋतुहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
| ऋतुको नाम |
महिना |
मौसमको अवस्था |
| बसन्त ऋतु |
चैत्र र बैशाख |
ठिक्क मौसम |
| ग्रीष्म ऋतु |
जेष्ठ र आषाढ |
गर्मी |
| बर्षा ऋतु |
श्रावण र भाद्र |
धेरै बर्षा हुने |
| शरद ऋतु |
आश्विन र कार्तिक |
ठिक्कको मौसम हुने |
| हेमन्त ऋतु |
मंसिर र पुष |
अत्यन्त जाडो |
| शिशिर ऋतु |
माघ र फाल्गुन |
जाडो हुने |
अत: नेपालको हावापानीअनुसार ६ वटा ऋतुहरुमा विभाजन गर्न सकिन्छ ।
नमुना प्रश्न : हावापानी र मौसमबीच भिन्नता उल्लेख गर्नुहोस् ।(५)
कुनै पनि क्षेत्रमा तत्कालिन हावा, पानी र वायुको स्थितिलाई मौसम र लामो अवधिको मौसमक औषत अवस्थालाई हावापानी भनिन्छ ।हावापानी र मौसमबीच रहेको भिन्नतालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
| मौसम |
भिन्नताको आधार |
हावापानी |
| कुनै पनि स्थानको हावा, पानी र तापक्रमको अवस्था नै मौसम हो । |
परिचय |
कुनै पनि स्थानको लामो अवधिको मौसमको औषत अवस्था नै हावापानी हो । |
| यो छोटो अविधिमा परिवर्तन हुन्छ। |
परिवर्तन |
यो लामो अवधिसम्म उही रहन्छ। |
| यसको अध्ययनलाई Meteorology भनिन्छ । |
विधा |
यसको अध्ययनलाई Climatology भनिन्छ । |
| यसले छोटो क्षेत्रको वातावरलाई जनाउँदछ । |
व्यापकता |
यसको फराकिलो क्षेत्रको वातावरणलाई जनाउँदछ । |
| यो क्षणिक हुन्छ । |
समय |
यो लामो अवधिको हुन्छ । |
अत: हावापानी र मौसम भिन्न विषय हुन् ।
नमुना प्रश्न : जलसम्पदा भन्नाले के बुझ्नुहुन्छ ? नेपालमा जसम्पदाको स्थितिको बारेमा लेख्नुहोस्।(२+३)
जलसम्पदा
- पृथ्वीमा रहेका समग्र पानी र त्यसमा विद्यमान प्राकृतिक स्रोत साधन नै जलसम्पदा हो ।
- पानीका मुहान, ताल, सीमसार, नदी, सागर महासागर र त्यसमा विद्यमान समग्र चिजवस्तु नै जलसम्पदा हो ।
- प्राकृतिक सौन्दर्यता कायम गर्न र प्राणी तथा वनस्पतिको जीवन सञ्चालन गर्न जलसम्पदाको महत्वपूर्ण भूमिका रहन्छ ।
- यो समग्र पृथ्वीमा रहेका प्राणीहरुको लागि अत्यावश्यक मानिन्छ ।
- विश्वमा जससम्पदामा पहिलो धनी मुलुकको रुपमा ब्राजिललाई लिईन्छ ।
नेपालमा जलसम्पदाको स्थिति
नेपालमा जलसम्पदाको स्थितिलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- नेपाल जलसम्पदाको दृष्टिकोणले विश्वको दोस्रो र एसियाको पहिलो धनी मुलुक हो ।
- यहाँ ६ हजार भन्दा बढी नदीनाला रहेका छन् ।
- नेपालमा जलस्रोतबाट तीन ठूला नदीहरु कोसी, गण्डकी र कर्णालीको जलभण्डार क्षमता १ लाख ४८ हजार क्वुविक मिटर अर्थात कुल जलभण्डार क्षमताको ७४ प्रतिशत रहेको छ ।
- नेपालमा कुल जलविद्युत उत्पादन क्षमता करिब ८३ हजार मेगावट छ भने आर्थिक र प्राविधिक दृष्टिकोणले ४२ हजार मेगावट बिजुली उत्पादन गर्न सकिन्छ ।
- नेपालको जलसम्पदाबाट करिब ८० लाख हेक्टर भूमि सिंचाई गर्न सकिन्छ ।
- नेपालको सम्पूर्ण नदीहरुको जलभण्डार क्षमता करिब २ लाख २० हजार क्यूबिक मिटर रहेको छ ।
- नेपालको कूल भू-भागको ३.९५% भू-भाग नदीनालाले ओगटेको छ ।
अत : नेपाल जलसम्पदाको दृष्टीले विश्वमै धनी र समृद्ध मुलुक हो ।
नमुना प्रश्न : उत्पत्तिको दृष्टीले नेपालका नदीलाई के-कसरी विभाजन गर्न सकिन्छ ? उल्लेख गर्नुहोस्।(५)
नेपाल जलस्रोतमा विश्वकै सम्पन्नशाली मुलुक हो । यहाँ सानाठूला गरेर ६ हजार भन्दा धेरै नदीनालाहरु रहेका छन् । उत्पत्तिका दृष्टीले नेपालको नदीलाई देहायबमोजिम विभाजन गर्न सकिन्छ ।
- पहिलो स्तरका नदीहरु
- हिमालयको हिउँ पग्लेर बनेका नदीलाई पहिलो स्तरका नदी भनिन्छ ।
- यस्ता नदी बर्षभरी निरन्तर रुपमा बहन्छन् ।
- पहिलो स्तरका नदीहरु ठूला जलविद्युत आयोजना र सिंचाई आयोजनाहरुका लागि महत्वपूर्ण मानिन्छन् ।
- पहिलो स्तरका नदीहरुमा कोशी, गण्डकी, कर्णाली आदि पर्दछन्।
- दोस्रो स्तरका नदीहरु
- महाभारत पर्वत श्रेणीमा मुहान भएका नदीहरु दोस्रो स्तरका नदीहरु हुन् ।
- यस्ता नदीहरुमा बर्षायाममा बढी पानी हुने र हिउँदमा पानीको मात्रा कम हुने गर्दछ ।
- यी नदीहरु सिंचाई आयोजना र साना जलविद्युतको लागि उपयुक्त मानिन्छन्।
- दोस्रो स्तरका नदीहरुमा राप्ती, मेची, कमला, वागमती आदि पर्दछन् ।
- तेस्रो स्तरका नदीहरु
- चुरे पर्वतमा मुहान भएका नदीहरु तेस्रो स्तरका नदीहरु हुन् ।
- बर्षादमा यी नदीहरुले ठूला आकारका रुप लिएता पनि हिउँदमा यी नदीहरु साना हुने वा सुक्ने गर्दछन् ।
- तेस्रो स्तरका नदीहरुमा रतुवा, तिलावे, हर्दिनाथ आदि पर्दछन् ।
अत: उत्पत्तिका आधारमा नेपालका नदीहरुलाई पहिलो, दोस्रो र तेस्रो गरी तीन तहमा वर्गिकरण गर्न सकिन्छ ।
नमुना प्रश्न : नदीको आधारमा नेपाललाई के-कसरी विभाजन गर्न सकिन्छ ? उल्लेख गर्नुहोस्।(१०)
नदीको आधारमा नेपाललाई देहायबमोजिम विभाजन गर्न सकिन्छ ।
- कोशी प्रदेश
- पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमालबीचको क्षेत्रलाई कोशी प्रदेश भनिन्छ ।
- सप्तकोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो ।
- यो सुनकोशी, तमोर, तामाकोशी, लिखु, अरुण, ईन्द्रावती र दुधकोशी मिलेर बनेको छ ।
- यो नदी ७२० कि.मि लामो छ ।
- यो नदीको जलप्रवाह १५६४ क्यूविक मिटर प्रतिसेकेण्ड रहेको छ।
- यस नदीबाट २२००० मेगावट विद्युत उत्पादन गर्न सकिन्छ ।
- कोशी प्रदेशको प्रभाव क्षेत्र ६० हजार वर्ग कि.मि रहेको छ ।
- यसको सबैभन्दा ठूलो सहायक नदी अरुण हो भने सबैभन्दा सानो सहायक नदी लिखु हो ।
- गण्डकी प्रदेश
- पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धवलागिरी हिमाल सम्मको गण्डकी नदी प्रभावित क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ ।
- गण्डकी नदीका सात प्रमुख सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, दरौदी, मादी, मर्स्याङ्दी, सेती र कालीगण्डकी हुन् ।
- यो नेपालको सबैभन्दा गहिरो नदी हो ।
- यस नदीलाई चितवन जिल्लामा आएपछि नारायणी नदीको नामले चिनिन्छ।
- यो नदी करिब ३३८ कि.मि लामो छ ।
- यो नदीको जलप्रवाह १७१३ क्यूविक मिटर प्रतिसेकेण्ड रहेको छ।
- यस नदीबाट २१००० मेगावट विद्युत उत्पादन गर्न सकिन्छ ।
- यस प्रदेशको प्रभाव क्षेत्र ३८ हजार वर्ग कि.मि रहेको छ ।
- यसको सबैभन्दा ठूलो सहायक नदी कालीगण्डकी हो भने सबैभन्दा सानो सहायक नदी दरौंदी हो
- कर्णाली प्रदेश
- पूर्वमा धवलागिरी हिमालदेखि पश्चिममा व्यास हिमाल सम्मको कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ ।
- कर्णाली नदीका सात प्रमुख सहायक नदीहरु हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा र सेती हुन् ।
- यो नेपालको सबैभन्दा लामो नदी हो ।
- यो नदी करिब ५०७ कि.मि लामो छ ।
- यो नदीको जलप्रवाह १३१६ क्यूविक मिटर प्रतिसेकेण्ड रहेको छ।
- यस नदीबाट ३२००० मेगावट विद्युत उत्पादन गर्न सकिन्छ ।
- यस प्रदेशको प्रभाव क्षेत्र ४२ हजार वर्ग कि.मि रहेको छ ।
- यसको सबैभन्दा ठूलो सहायक नदी हुम्ला कर्णाली हो भने सबैभन्दा सानो सहायक नदी तिला हो
निष्कर्ष : यसरी नेपाललाई नदीका आधारमा मुख्य तीन वटा क्षेत्रमा विभाजन गर्न सकिन्छ । जलस्रोतको धनी मुलकको रुपमा रहेको नेपालमा जलस्रोतको अवस्थामा समेत हावापानी र धरातलीय स्वरुपअनुसार विविधता रहेको पाईन्छ ।
नमुना प्रश्न : नेपालमा जलसम्पदाको महत्व उल्लेख गर्नुहोस् । (५)
महासागर, सागर, नदी, ताल तलैया, खोला एवं त्यहाँ विद्यमान स्रोत र साधनहरुलाई जलसम्पदा भनिन्छ । नेपाल जससम्पदाको दृष्टीले विश्वकै धनी मुलुक मानिन्छ । नेपालमा जलसम्पदाको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- स्वच्छ खानेपानीको आपूर्ति गर्न
- जलविद्युत उत्पादन गर्न
- माछापालन जस्ता व्यवसायहरु सञ्चालन गर्न
- सिंचाईको लागि
- वातावरण संरक्षण गर्न
- पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्धन गर्न
- जलयातायत सञ्चालन गर्न
- सीमानाको लागि उपयोग गर्न
- धार्मिक संस्कार कायम गर्न
- रोजगारीको सृजना गर्न
- सरसफाई गर्न
- प्राकृतिक सौन्दर्यता कायम गर्न
- जैविक विविधता संरक्षण गर्न
अत : नेपालको सामाजिक आर्थिक विकासमा जलसम्पदाको महत्वपूर्ण योगदान रहेको छ ।
नमुना प्रश्न : तालका प्रकारहरु उल्लेख गर्नुहोस् ।(५)
- जमिनको खाल्डोमा संकलित पानीलाई ताल भनिन्छ ।
- नेपालको सबैभन्दा ठूलो ताल रारा ताल हो । नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो ताल हो ।
- विश्वको सर्वाधिक उचाईमा रहेको ताल तिलोचो ताल हो । जुन समुद्री सतहबाट ४९१९ मि. को उचाईमा रहेको छ ।
- ताललाई तीन भागमा विभाजन गर्न सकिन्छ ।
- हिमाली ताल
- हिउँ पग्लेर बगेको पानी संकलित भई निर्मित ताललाई हिमाली ताल भनिन्छ ।
- रारा ताल, तिलिचो ताल आदि हिमाली ताल हुन् ।
- पर्वतीय ताल
- पहाडका खाल्टोमा पानी जमी बनेको ताल पर्वतीय ताल हुन् ।
- फेवाताल, रुपाताल आदि पर्वतीय ताल हुन् ।
- मानव निर्मित ताल
- मानिसद्वारा निर्माण गरिएका ताल नै मानव निर्मित ताल हुन्।
- रानीपोखरी, ईन्द्र सरोबर आदि मानव निर्मित ताल हुन् ।
अत:नेपालका ताललाई हिमाली, पर्वतीय र मानव निर्मित गरी तीन भागमा विभक्त गर्न सकिन्छ ।
नमुना प्रश्न : नेपालमा जलसम्पदाको विकास हुन नसक्नुका कारणहरु के-के हुन् ? उल्लेख गर्नुहोस् । (५)
नेपालमा रहेका नदी, तालतयैया, सिमसार, खोला आदि क्षेत्र एवं त्यहाँ विद्यमान प्राकृतिक स्रोत साधन नै जलसम्पदा हो । नेपाल जलसम्पदामा विश्वकै धनी मुलक हो ।
- सुस्पष्ट नीति एवं कार्यविधिको अभाव
- दक्ष जनशक्तिको अभाव
- राजनीतिक अस्थिरता
- जनचेतनाको कमी
- मुलुकमा बढ्दो भ्रष्टाचार र कुशासन
- खोज र अनुसन्धानको कमी
- सीप र प्रविधिको कमी
- खानेपानी एवं जलविद्युतको बजारीकरण हुन नसक्नु
- बढ्दो दण्डहिनता
- निर्माणाधीन जलविद्युत आयोजनाहरु समयमै सम्पन्न हुन नसक्नु
- आर्थिक स्रोत र साधनको अभाव
अत: नेपाल जलसम्पदामा धनी मुलुक भएता पनि विभिन्न कारणहरुले गर्दा यहाँको जलसम्पदालाई मुलुकको हित र समृद्धिमा उपयोग गर्न नसिकिएको देखिँदा मुलुकको विकास र समृद्धिमा जलसम्पदालाई आवद्ध गर्दै जानु आवश्यक देखिन्छ।
वनसम्पदा : अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरु
नमुना प्रश्न :वनको परिचय दिँदै नेपालका वजनङ्गलको प्रकारबारे उल्लेख गर्नुहोस्।
वन परिचय
- आंशिक वा पूर्ण रुपमा रुख वा बुट्यानले ढाकेको क्षेत्रलाई वन भनिन्छ।
- कुनै पनि ठाउँको भू-धरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित गर्दछन् ।
- प्राकृतिक सन्तुलन कायम गर्न वनको अत्यन्तै महत्व रहन्छ ।
- सन् २०१४ को वन सर्वेक्षणले नेपालको वनक्षेत्र ४४.७४% रहेको देखाएको छ ।
- हाल नेपालमा ४५.३१ % बनक्षेत्र जसमध्ये ४१.६९% वन र ३.६२% बुट्यान रहेको तथ्याङ्ग रहेको पाईन्छ ।
नेपालमा वनजङ्गलको प्रकार
नेपालमा वनजङ्गलका प्रकारलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- उष्णप्रदेशीय सदाबहार जङ्गल
- यस प्रकृतिको जङ्गल तराई, भाबर, दुन, चुरे पर्वतको १२०० मि. सम्मको उचाईमा पाईन्छ।
- यहाँका रुखहरु अग्ला, मोटा, बलिया र सधै हरिया हुन्छन् ।
- साल, सिसौ, खयर, सिमल आदि वनस्पति यस क्षेत्रमा पाईन्छन्।
- यस जङ्गलमा हात्ती, गैंडा, बाघ, भालु आदि जनावरहरु पाईन्छन्।
- समशीतोष्ण पतझर जङ्गल
- करिब १२०१ मि. देखि २१०० मि. सम्मको उचाईमा यस प्रकृतिका जङ्गल पाईन्छ ।
- यहाँ सल्ला, साल, चाँप, कटूस, ओखर जस्ता बोटबिरुवा पाईन्छन् ।
- यस्तो जङ्गलमा हिउँदमा रुखका पातहरु झर्दछन् ।
- समशीतोष्ण सदाबहार कोणधारी जङ्गल
- करिब २१०१ मि. देखि ३३५० मि. सम्मको उचाईमा अवस्थित वनलाई सदाबहार कोणधारी बन भनिन्छ ।
- यो जङ्गलमा अवस्थित रुखका पातहरु कोणजस्तै चुच्चो परेका हुन्छन् ।
- यस जङ्गलमा चाँप, सल्ला, कटुस, धुपि जस्ता बोटबिरुवाहरु पाईन्छन् ।
- लेकाली वनस्पती वा घाँसे मैदान
- करिब ३३५१ मि. देखि ५००० मि. सम्मको उचाईमा अवस्थित वनलाई लेकाली बन भनिन्छ ।
- यहाँ अग्ला, कडा र मोटा जातका रुखहरु पाईदैनन् ।
- यहाँ गुराँस, निकाले जस्ता बोटबिरुवाहरु पाईन्छन् ।
- शीत मरभूमिको वनस्पती
- ५००० मि. भन्दा उचाईमा अवस्थित वनलाई शीत मरभूमिको बन भनिन्छ ।
- यो सबैभन्दा उचाईमा पाईने वन हो ।
- यहाँ काई र लेउमात्र पाईन्छ ।
अत: वन वातावारण संरक्षणको महत्वपूर्ण अवयव हो । वातावरण अनुसार वनको प्रकृति पनि फरक-फरक हुन्छ ।
नमुना प्रश्न : वन विनाश भन्नाले के बुझिन्छ ? नेपालमा वन विनाशका कारणहरु उल्लेख गर्नुहोस् । (२+३)
वन विनाश परिचय
बोटविरुवाको कटान गर्दै बन क्षेत्र घटाउने कार्य नै वनविनाश हो ।
- बन विनाशले वनक्षेत्रमा भएको अतिक्रमणलाई बुझाउँदछ ।
- यसले वनक्षेत्रको संकुचनलाई जनाउँदछ ।
- वन विनाशले जैविक विविधता एवं वातावरण सन्तुलनमा ह्रास पुर्याउँदछ ।
नेपालमा वन विनाशका कारण
नेपालमा वन विनाशका कारणहरु देहायबमोजिम छन् ।
- उच्च गरिबी र बेरोजगारी
- वन पैदावारमा बढ्दो परनिर्भरता
- जनचेतनाको कमी
- उच्च जनसंख्या बृद्धि
- परम्परागत उर्जाको बढ्दो प्रयोग
- डढेलो
- काठ तथा वन्यजन्तुको अवैध रुपमा चोरी निकासी
- दण्डहिनता
- बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप
- अव्यवस्थित सहरीकरण
- अव्यवस्थित रुपमा विकास निर्माण कार्य सञ्चालन हुनु
- जलवायु परिवर्तनको असर
- स्पष्ट नीति एवं कानूनको अभाव
- विद्यमान नीति एवं कानूनको परिपालना नहुनु
अत : जनचेतना अभिबृद्धि गर्दै नेपालमा वन विनाशलाई रोक्न सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नमुना प्रश्न : नेपालमा वनक्षेत्र संरक्षणका उपायहरु के- कस्ता हुन सक्छन् ? उल्लेख गर्नुहोस्।(५)
आंशिक वा पूर्ण रुपमा रुख वा बुट्यानले ढाकिएको क्षेत्रलाई बनक्षेत्र भनिन्छ । नेपालमा हाल करीब ४५.३१% भू-भाग वनक्षेत्रले ओगटेको छ । नेपालमा वनक्षेत्र संरक्षणका उपायहरु देहायबमोजिम रहेका छन् ।
- जनतेचनामुखी कार्यक्रमहरु सञ्चालन गर्ने
- वनसंरक्षणका लागि आवश्यक नीति एवं कानूनको निर्माण गर्ने
- वन संरक्षण सम्बन्धी विभिन्न खोज तथा अनुसन्धान गर्ने
- वैकल्पिक उर्जाको विकास एवं प्रयोग गर्ने
- गैह्र कानूनी रुपमा वनविनाश गर्नेलाई कडा दण्ड सजायको व्यवस्था गर्ने
- वनसंरक्षण सम्बन्धी अन्तरार्ष्ट्रिय राम्रा र सफल अभ्यासलाई अनुशरण गर्ने
- वन संरक्षणका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने
- काठदाउराको अवैध चोरी निकासीलाई नियन्त्रण गर्ने
- ढडेलो लगायतका क्रियाकलापहरुलाई समयमै नियन्त्रण गर्ने
- वृक्षारोपण कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने
- गरिबी र बेरोजगारी समस्या नियन्त्रण गर्ने
- पदपैदावारमा आश्रित जनसमुदायका लागि अन्य रोजगारीको क्षेत्र उपलब्ध गराउने
- वातावरणी प्रभावको मूल्यांकन गरी विकास निर्माणको कार्य सञ्चालन गर्ने
अत: वन प्राकृतिक सन्तुलनको महत्वपूर्ण अवयव भएकाले वनक्षेत्र संरक्षणमा सरोकारवाला पक्षहरुको विशेष ध्यान जानुपर्ने देखिन्छ ।
नमुना प्रश्न : वन संरक्षणका लागि नेपालमा भएको व्यवस्था उल्लेख गर्नुहोस् । (१०)
वन जंगललाई जोगाउने अर्थात वनविनाश रोक्ने कार्य नै वन संरक्षण हो । वन सरंक्षणले वनक्षेत्रको विकास र विस्तारमा सहयोग पुर्याउँदछ । नेपालमा वन संरक्षणका लागि भएका प्रयासहरु देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- नीतिगत एवं कानूनी व्यवस्था
- नेपालको संविधानको प्रस्तावनामै दिगो विकासप्रतिको प्रतिवद्धता व्यक्त गरिएको, धारा ३० मा स्वच्छ वातावरणको हकको व्यवस्था गरिएको, राज्यका नीतिहरुमा समेत वन संरक्षणका लागि विभिन्न व्यवस्थाहरु रहेको
- वनऐन, २०७६
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९
- वातावरण संरक्षण ऐन, २०७६
- जलस्रोत ऐन, २०४९
- राष्ट्रिय वन नीति, २०७१
- राष्ट्रिय वातावरण नीति, २०७६
- संस्थागत व्यवस्था
- वन तथा वातावरण मन्त्रालय
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
- राष्ट्रिय प्रकृति संरक्षण कोष
- विभिन्न गैह्र सरकारी संस्था एवं नागरिक समाज
- कार्यगत व्यवस्था
- वन संरक्षण कार्यक्रम
- वृक्षारोपण कार्यक्रम
- भू-संरक्षण कार्यक्रम
- डढेलो रोकथाम कार्यक्रम
- विद्यालय तह देखिनै वन संरक्षण सम्बन्धि विषयमा पठनपाठन गरिँदै आईएको ।
अत : वनक्षेत्र संरक्षण सम्बन्धमा रहेका नेपालका नीतिगत, संस्थागत तथा कार्यगत व्यवस्थालाई थप मजुबुत बनाउँदै वनक्षेत्रको संरक्षणको गर्नु बाञ्छनीय देखिन्छ ।
नमुना प्रश्न : वन ऐन, २०७६ ले नेपालका वनलाई के –कसरी विभाजन गरेको छ ? उल्लेख गर्नुहोस् ।
वन ऐन, २०७६ अनुसार नेपालका वनलाई देहायबमोजिम विभाजन गरिएको छ ।
- अन्तरप्रादेशिक वन
- कबुलियती बन
- धार्मिक वन
- सामुदायिक वन
- निजी वन
- राष्ट्रिय वन
- साझेदारी वन
- प्रदेशभित्रको राष्ट्रिय वन
अत : वन ऐन, २०७६ ले नेपालको वनलाई विभिन्न प्रकारमा विभाजन गरेको पाईन्छ ।
नमुना प्रश्न : वनसम्पदाको महत्व प्रष्ट पार्नुहोस् । (५)
वनसम्पदा परिचय
रुख एवं बुट्यानले ओगटेको क्षेत्र र त्यहाँ अवस्थित स्रोत र साधनहरुलाई वनसम्पदा भनिन्छ।
- वनसम्पदा वातवरण संरक्षणको मुख्य तत्व हो ।
वनसम्पदाको महत्व
वनसम्पदाको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- जैविक विविधताको संरक्षण गर्न
- मानवीय आवश्यकताहरु परिपूर्ति गर्न
- वातावरण सन्तुलन कायम गर्न
- खानेपानीको आपूर्ति गर्न
- विभिन्न खनिज पदार्थहरुको प्राप्ति गर्न
- प्रदुषण नियन्त्रण गर्न
- प्राकृतिक सौन्दर्यता कायम गर्न
- उद्योग धन्दाहरुलाई कच्चा पदार्थ उपलब्ध गराउन
- पर्यटन व्यवसायलाई प्रवर्धन गर्न
- रोजगारी सिर्जना गर
अत: मानव जिवनका हरेको आवश्यकता परिपर्ति गर्न वन सम्पदाको विशेष महत्व रहेको हुन्छ ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 246