तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 03:23:21
  • मंगलबार,मंसिर ०२, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्ने छ । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मान सम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज अनावश्यक वादविवाद बढ्न सक्छ । पारिवारिक जीवन सामान्य रहनेछ । विद्यार्थीले पढाईमा अलिक बढी ध्यान दिनुपर्ने समय छ ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    तर्क र विवादमा राम्रो सफलता मिल्ने छ । धार्मिक र सांस्कृतिक सभा–समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन होला ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्ने छ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्ने छ ।