सन्धिखर्क– अर्घाखाँचीको सन्धिखर्कस्थित सभा गृहमा प्रतिनिधि सभातर्फ प्रत्यक्ष मतपत्रको मतगणना गर्न सन्धिखर्क नगरपालिकाका विभिन्न मतदान केन्द्रका मतपेटिका भुइँमा खन्याइयो।
ुभुइमा मतपत्र आइसकेपछि मतगणनामा खटिएका कर्मचारीले मतपत्र मिलाउन थाले। त्यहाँ एक मतपत्र खाली थियो। सँगै एउटा कागज पनि थियो। कागजमा के रहेछ भनेर हेर्दा मतदाताले लेखेको पत्र नै पाइयो जिल्ला निर्वाचन अधिकृत सुरेस भण्डारीले भने।
मतपत्रमा लेखिएको थियो, पटक पटक परीक्षण भएका नेतालाई कति भोट हालम। त्यसैले यो पटक कसैलाइ भोट नदिने निर्णय गरेँ। कुनै उम्मेदवारमा पनि राजनीतिक संस्कार पाइन।
ुस्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनावमा पटकपटक जितेका जनप्रतिनिधिबाट आजसम्म अर्घाखाँचीको विकास योजनामा कसैको ध्यान पुग्न सकेन। अब ४–५ वर्ष पछि हुने स्थानीय चुनावमा सन्धिखर्क नगरपालिकाको मेयर पदमा उम्मेदवार दिएर विजयी भएर कसरी हो काम गर्ने, भन्ने उदाहरण देखाउनेछु। अनि मबाट सिक्नेछन् प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारले।
ुविकासका लागि आएको अरबौ बजेट अलिअलि काम गरे जस्तो गरी उही नेता र नेताका विचौलिया खाँदा ठिक्क छ। मत गन्दै गरेको तपाइँलाई पनि लागेको होला कस्तो ब्यक्तिको मत मत गनेर विजयी घोषणा गर्नु परेको छ। सोच्नु होस्।
पत्रमा गोरुसिंगे सन्धिखर्कबाटो, जिल्ला अस्पतालको हालत, एउटा राम्रो कलेज, सनिधखर्क बजारको जग्गा अतिक्रमण, गरिबी र बेरोजगारी। जनताको कालो दिन। असन्तुष्ट मतदाता भन्ने लेखेर हस्ताक्षर गरिएको छ।