तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 03:23:07
  • मंगलबार,मंसिर ०२, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज सहकर्मीबाट विरोध आउला। गलत निर्णय लिन पुगिनेछ। चोटपटकको भय छ सचेत रहनुहोला। यात्रामा मालसामान पनि हराउन सक्छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    विपरीत वर्गप्रति आकर्षण बढ्ने छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ। सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सरकारी निकायको भय रहनेछ। स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज शुभकार्यको चर्चा चल्ने छ। रमणीय र सुखद् यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। प्रयत्न गरे फाइदा लिन सकिने छ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला। मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ। लगनशीलताले कामहरू अगाडि बढ्ने छन्। साथीभाइसँग समय बित्ने छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। लाभदायक यात्रा रहनुका साथै पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। महिला वर्गबाट विशेष सहयोग मिल्ने छ। शिक्षामा सफलता मिल्ने छ। महत्वपूर्ण कामको थालनी हुनेछ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ। रोकिएको धन हात पर्ला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    बिना प्रतिस्पर्धा फाइदा हुने योग छ। नसोचेको ठाउँबाट धनागम हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला। आर्थिक कारोबारमा सफलता पाइएला।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    कुनै कुराले मनमा शान्ति छाउनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ।