टी–२० अन्तर्राष्ट्रियमा आसिफ शेखले हजार रन पुरा गरे - Chaitanya News
  • 2026-06-07
  • 02:36:04
  • शनिबार,जेठ २३, २०८३
  • टी–२० अन्तर्राष्ट्रियमा आसिफ शेखले हजार रन पुरा गरे

    टी–२० अन्तर्राष्ट्रियमा आसिफ शेखले हजार रन पुरा गरे

    काठमाडौँ– नेपाली ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन्। उनले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा एक हजार रनको कोशे ढुंगा पार गरेका हुन्।

    यसअघि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४० खेल खेल्दै कुल नौ सय ६८ रन बनाएका थिए। सोमबार हङ्कङविरुद्धको खेलमा उनी ३७ रन बनाउँदै क्रिजमा छन्। सोमबारको खेलअघि उनलाई हजार रन पुरा गर्न केवल ३२ रन आवश्यक थियो।

    २२ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रियमा पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन्। उनी सोमबारको खेलमा छैटौँ अर्धशतकतर्फ अघि बढिरहेका छन्।

    बलप