काठमाडौँ– गर्मीको मौसम सुरु भइसकेको छ। ज्यानलाई शीतल राख्न र शरीरमा पानीको पर्याप्त आपूर्तिका लागि हामीहरू कयौँ चिज खान्छौँ।
यसैमध्ये एक हो काँक्रो। काँक्रोमा प्रशस्त मात्रामा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, क्याल्सियम, आइरनलगायत तत्त्वहरू पाइन्छ। यी सबैले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ। काँक्रोलाई धेरै मानिसले सलादका रूपमा खाने गर्छन्। तर, काँक्रो बोक्रा ताछेर खाने कि नखाने भन्ने प्रश्न प्रायः हामी सबैको मनमा आउँछ।
कसैलाई काँक्रो बोक्रा नताछीकन खान मनपर्छ भने कोही भने बोक्रा नताछीकन काँक्रो खाँदैनन्। हाम्रो स्वास्थ्यको लागि बोक्रा सहितको काँक्रो फाइदाजनक छ कि बोक्रा ताछेको? आजको यस लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौँ।
वेबएमडीको रिपोर्टअनुसार काँक्रो बोक्रा नताछीकन त्यत्तिकै खाँदा हाम्रो शरीरले भिटामिन के, भिटामिन सी सहित धेरै खनिज र भिटामिनहरू पाउँछ। जब बोक्रा ताछिन्छ यसको पूरा फाइदा लिन सक्दैनौँ। ध्यान दिनु पर्ने कुरा चाँहि के हो भने अर्ग्यानिक र सफा काँक्रो मात्रै बोक्रा नताछीकन खानुपर्छ।
काँक्रो खाने सही तरिका
काँक्रोलाई भण्डारण गर्दा यसमा अप्राकृतिक सिंथेटिक मैन लगाइएको हुन्छ। त्यसैले खानुअघि यसलाई राम्ररी धुनु आवश्यक हुन्छ। नत्र यसले स्वास्थ्यलाई नै हानि पुर्याउन सक्छ। काँक्रोलाई तातो पानीले धोएर खायौँ भने पनि हानिबाट बच्न सकिन्छ।
तौल घटाउन उपयोगी
काँक्रोको बोक्रासहित खाँदा यसले छिट्टै तौल घटाउन मद्दत गर्छ। यसरी काँक्रो खाँदा शरीरमा दुई किसिमले काम गर्छ। सबैभन्दा पहिलो त काँक्रोको बोक्राले शरीरमा भएको विषाक्त पदार्थहरूलाई हटाउने अर्थात् डिटक्सिफिकेशनको काम गर्छ । यसले छिटो तौल घटाउन पनि मद्दत गर्छ।
कब्जियतबाट राहत
काँक्रोलाई बोक्रासहित खाँदा कब्जियतको समस्याले सताउँदैन। दोस्रो, यसले हाइड्रेशनलाई कायम राख्न मद्दत गर्छ। जसले गर्दा मेटाबोलिक दर सही रहन्छ र कब्जियतको समस्या पनि हुँदैन। एजेन्सी