आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लासपूर्वक मनाइँदै - Chaitanya News
  • 2026-05-25
  • 09:52:14
  • सोमबार,जेठ ११, २०८३
  • आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लासपूर्वक मनाइँदै

    आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लासपूर्वक मनाइँदै

    काठमाडौँ– आज विक्रम संवत् दुई हजार एकासी साल (२०८१) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।

    आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो।

    सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ। सरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलि युग शुरु भएको ३ हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो।

    हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्। आज बिहानै नुहाउने, घर कोठा(आँगन सफा गर्ने, मीठो मीठो खाने, साथीसङ्गती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन्।

    नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ।