काठमाडौँ– सरकारले केही सचिवहरूको सरुवा गरेको छ। आज (शुक्रवार) बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका केही सचिवहरूको सरुवा गरेको हो।
प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार मन्त्रिपरिषद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ। उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलाको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ।
यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ। बैठकले अन्य केही सचिवहरूको पनि सरुवा गरेको एक मन्त्रीले जानकारी दिए।