झापा–५ मा ओलीको अग्रता कायमै, १३ हजार मत गन्न बाँकी हुँदा ओली २३ हजारले अघि - Chaitanya News
  • 2026-04-22
  • 15:02:36
  • बुधबार,बैशाख ०९, २०८३
  • झापा–५ मा ओलीको अग्रता कायमै, १३ हजार मत गन्न बाँकी हुँदा ओली २३ हजारले अघि

    झापा–५ मा ओलीको अग्रता कायमै, १३ हजार मत गन्न बाँकी हुँदा ओली २३ हजारले अघि

    काठमाडौं– झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित भएको छ।

    यहाँ मतगणना जारी छ। १३ हजार बढी मत गन्न बाँकी हुँदा ओली २३ हजार ६ सय ५१ मतले अघि छन्।अहिलेसम्म ८५ हजार ६ सय ५९ मत गणना भइसकेको छ।

    ओलीले ४४ हजार ८ सय ५ मत ल्याएका छन्। पाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी २१ हजार १ सय ५४ मतसहित पछि परेका छन्।

    यहाँ ९९ हजार ४५ मत खसेको थियो। अझै १३ हजार तीन सय ८६ मत गन्न बाँकी छ।

    यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले ९९३० मत ल्याएका छन्। जनमतका भीम राजवंशीले १४३८ मत ल्याएका छन्।