लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय - Chaitanya News
  • 2026-11-18
  • 04:17:46
  • मंगलबार,मंसिर ०२, २०८३
  • लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय

    लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय

    काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको बताएकी छिन्।

    बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताका आधार तय गर्नका लागि महिला र पुरुष दुवैको उत्तिकै भूमिका हुने बताइन् ।

    पूर्वराष्ट्रपति भण्डारीले अहिले पनि धेरै मुलुकमा एकाध महिला मात्र उच्च नेतृत्वमा पुग्न सकेको बताइन्। ‘महिला आन्दोलन विकसित नभएकै बेला पनि धेरै पहिले नै भारत, श्रीलंका, पाकिस्तान र बङ्गलादेशमा महिलाहरू उच्च नेतृत्वमा पुग्न सफल भएका थिए। त्यसले पनि महिला आन्दोलनमा निकै भूमिका खेलेको छ, ’उनले भनिन्।

    प्राप्त उपलब्धिहरूको रक्षा गर्दै पूर्ण समानुपातिक प्रणालीको बाटोमा जानुपर्ने पनि पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ।