माओवादी केन्द्रबाट रुकुम पूर्वबाट पूर्णबहादुर घर्ती विजयी - Chaitanya News
  • 2026-04-22
  • 15:02:35
  • बुधबार,बैशाख ०९, २०८३
  • माओवादी केन्द्रबाट रुकुम पूर्वबाट पूर्णबहादुर घर्ती विजयी

    माओवादी केन्द्रबाट रुकुम पूर्वबाट पूर्णबहादुर घर्ती विजयी

    काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ दोस्रो जीत दर्ता गराएको छ। माओवादी केन्द्रबाट रुकुम पूर्वमा उम्मेदवार रहेका पूर्णबहादुर घर्ती मगरले जित हासिल गरेका हुन्। उनले १२ हजार २६२ मतका साथ विजय हासिल गर्दा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गरे।

    यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६ मत पाए। सोही जिल्लाको प्रदेशतर्फ १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी भए भने २ मा कांग्रेसका धनबहादुर केसी विजयी भए।